पु.समाचार

धनराजको सभापति देउवालाई आग्रहः कुनै हालतमा नेकपा सरकारमा काँग्रेस सहभागी गराउनु हुन्न

७ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले सभापति शेरबहादुर देउवालाई नेकपा सरकारसँग सहकार्य गरेर जान नहुँने बताएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका प्रधानमन्त्रीले काँग्रेसलाई सरकारमा सहभागी भई ८ मन्त्रालय लिन आग्रह गरेको समाचारमा टिप्पणी गर्दै नेता गुरुगंको उक्त भनाई आएको हो ।
प्रधानमन्त्री ओलीले काँग्रेस सभापति देउवालाई आठ मन्त्रालय लिएर सरकारमा आउन आग्रह गरेको समाचार आएपछि काँग्रेस नेतृत्वको सरकार नै बन्ने हो कि भन्ने पनि आईरहेको छ भने ओलीलाई नै साथ दिएर सरकार बनाउने हो कि भन्ने आईरहेको छ यसै बिषयमा नेताहरुबीच बिभिन्न टिकाटिप्पणी भईरहेका बेला नेता गुरुगंले काँग्रेस अहिले नेकपा नेतृत्वको सरकारमा सहभागी हुन नहुने विचार व्यक्त गरेका हुन् ।
उनको ट्वीटः श्रद्धेय सभापति २म्भगदबक्जभचदमच ज्यु१ यदि यो समाचार सत्य हो भने म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु ‘कांग्रेसलाई ५ बर्षको लागि प्रतिपक्षमा रहेर कार्य गर्ने जनादेश छ। नेकपाको सत्ता-भाँडभैलोमा सहभागी भएर नेकपासँगै कांग्रेस सती जानु हुँदैन। जय नेपाल !’