पु.समाचार

सुनको मूल्य ३०० ले वृद्धि, पुग्यो ९४ हजार ३००

७ मङ्सिर, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ३०० ले वृद्धि भएको छ । शुक्रबार पहेँलो धातु प्रतितोला ९४ हजारमा कारोवार भएकामा आज ९४ हजार ३०० पुगेको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ९३ हजार ५०० मा कारोवार भएकामा आज ९३ हजार ८०० मा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार २१० मा कारोवार भएको छ ।