राजनीति

नेता पाण्डेमाथीको दुब्यबहारले कसैको पनि हित गर्दैन, निन्दनीय एवं भर्त्सनायोग्यः प्रवक्ता श्रेष्ठ

६ मंसिर, काठमाडौं । नेकपाका सचिवालय सदस्य एबम् प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका स्थायी कमिटी सदस्य एबम् पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथी भएको चितवन आक्रमणको भत्र्शना गरेका छन् । उनले एक बिज्ञप्ती जारी गर्दै भनेका छन्, ‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क.सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ।’ उनले आक्रोशित हुँदै भने, ‘यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन। चेत होस्।’ आज चितवनमा भएको सुरेनद्र पाण्डेमाथीको दुब्र्यबहार नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताले गराएको भन्दै बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपालले ब्यक्तीगत रुपमा तीब्र बिरोध गरिसकेका छन् भने नेकपाले प्रवक्तामार्फत उक्त घटनाको बिरोध गरेको छ । अध्यक्षओलीबिरुद्ध नेकपाका बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल उपाध्यक्ष बामदेव गौतम, सचिवालय सदस्य एबम् प्रवक्ता नारायणकाजी श्रेष्ठको मोर्चा दैनिक बलियो हुँदै गएको छ ।
श्रेष्ठको भनाईः आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क.सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ। यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन। चेत होस्।