राजनीति

धनराजको ओलीलाई चेतावनीः प्रधानमन्त्री भएपछि पदीय जम्मेवारी पुरा गर्न नसके नालायक होईएला ?

६ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले प्रधानमन्त्रीले पदमा रहदा आफ्नो दायीत्व पुरा गर्न नसके नालायक हुने बताएका छन् । उनले सगरमाथा चढ्नेले शिखरमा पुगेपछि ओर्लनु पर्छ भन्ने उदाहरण दिँदै प्रधानमन्त्री पदमा पुग्नेले पनि एक दिन पदबाट ओर्लनै पर्छ भन्ने ठोकुवा गरेका छन् । नेता गुरुगंले चेतावनी दिँदै भनेका छन्, ‘फरक यतिमात्रै छ कि सगरमाथा चढ्नेले शिखरमा पुगेपछि सकुशल ओर्ले पुग्छ तर प्रधानमन्त्रीपदमा पुग्नेले पदीय दायित्व पूरा गर्न नसके प्रधानमन्त्रीपदबाट ओर्लनु अघि नै उ नालायक बनिसकेको हुन्छ। चेतना भया?’ उनले पछिल्ला दिनमा भएको नेकपा बिबाद र नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्शा ओलीले खेलेको देश विकास र जनताको सेवामा खेलेको भूमिकालाई संकेत गर्दै उक्त कुरा बताएका हुन् ।
नेता गुरुगंको ट्वीटः सगरमाथा चढ्नेले शिखरमा पुगेपछि ओर्लनु पर्छ। प्रधानमन्त्री पदमा पुग्नेले पनि एक दिन पदबाट ओर्लनै पर्छ। फरक यतिमात्रै छ कि सगरमाथा चढ्नेले शिखरमा पुगेपछि सकुशल ओर्ले पुग्छ तर प्रधानमन्त्रीपदमा पुग्नेले पदीय दायित्व पूरा गर्न नसके प्रधानमन्त्रीपदबाट ओर्लनु अघि नै उ नालायक बनिसकेको हुन्छ। चेतना भया?