पु.समाचार

नेता पाण्डेमाथीको अभद्र व्यवहार कम्युनिस्टको मूल्य/आदर्श विपरीत अनि आपत्तिजनकः नेता खनाल

६ मंसिर, काठमाडौं । नेकपाका बरिष्ठ नेता झलनाथ खनालले नेकपाका स्थायी समिति सदस्य, पुर्वअर्थमन्त्री एबम् साासद सुरेन्द्र पाण्डेमाथी गरेको नेकपाकै कार्यकर्ताहरुको अभद्र ब्यबहारको बिरोध गरेका छन् । आज चितवनको एक कार्यक्रममा भएको दुब्यएबहारको नेता नेपालले बिरोध जनाएको केहीबेरमा नै बरिष्ठन नेता खनालको बिज्ञप्ती आएको छ । उनले कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले स गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ भनेका छन् ।
पुर्व प्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता खनालले भनेका छन्, ‘विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहनुभएका पार्टि स्थायी कमिटी सदस्य, पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क. सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ ।’
उनले निन्दा गर्दै भनेका छन्, ‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु । कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु ।’
नेता खनालले कार्यकर्तालाई अनुरोध गर्दै भनेका छन्, ‘पार्टीमा आन्तरिक विवाद उत्कर्शमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता र कार्यकर्तालाई विनम्र अनुरोध छ ।’