राजनीति

सुरेन्द्र पाण्डेको कार्यक्रम बिथोल्ने जोसुकै भएपनि कारबाही गर्न नेता नेपालको ओलीसँग माग

६ मंसिर, काठमाडौं। नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले नेकपाका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेको चितवनस्थीत कार्यक्रमलाई बिथोल्ने जोसुकै भएपनि कारबाही गर्न माग गरेका छन् । पुर्ब प्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता नेपालले प्रस बिज्ञप्ती जारी गर्दै भनेका छन्, ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु ।’
नेता नेपालले सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराएको बताएका छन् ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहालको समूहबीचको द्वन्द्वका कारण नेपाल समूहका नेता पोण्डेको कार्यक्रम बिथोल्न अध्यक्ष ओली पक्ष लागेको समाचार आईरहेका बेला बरिष्ठ नेता नेपालले कडा रुपमा नेताको कार्यक्रममा भएको उक्त अराजनीतिक कार्यको बिरोध गरेका हुन् । उनले सरकारसँग माग गरेको कुराले आफ्नो पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीसँग उक्त माग गरेका हुन् ।