पु.समाचार

शनिबार काठमाडौं उपत्यकामा थपिए ८९९ जना कोरोना संक्रमित

६ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमान ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९ गरी उपत्यकामा उक्त संक्रमित थपिएका हुन् । पुरुष ५१२ जना छन् भने महिला ३८७ जना संक्रमित उपत्यकामा थपिएका छन् । पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको निधन भएको छ । यससंगसंगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १३ सय ५ पुगेको छ । आज देशभर १६ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । यस संगसँगै कोरोना संक्रमितको संख्या देशभर दुइ लाख १८ हजार ६३९ जना पुगेको छ । यस समयमा ८१ सय ४४ जनामा कोरोना परीक्षण गरिएको थियो ।