पु.समाचार

कोरोना संक्रमणका कारण ७ जनाको निधन, थपिए १६ सय ७४ संक्रमित

६ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको निधन भएको छ । यससंगसंगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १३ सय ५ पुगेको छ । आज देशभर १६ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । यस संगसँगै कोरोना संक्रमितको संख्या देशभर दुइ लाख १८ हजार ६३९ जना पुगेको छ । यस समयमा ८१ सय ४४ जनामा कोरोना परीक्षण गरिएको थियो ।