गण्डकी प्रदेश

हिमालयन आँखा अस्पतालका अधिकृतबस्नेतदैवारा वृद्धाश्रमलाई सहयोग

६ मङ्सिर, गण्डकी । वैवाहिक जीवनको २५औँ वर्ष पार गरेका उपलक्ष्यमा यहाँको एक दम्पतीले पोखरा महानगरपालिका– १७ सीतापाइलास्थित वृद्धाश्रममा खाद्यान्न एवं नगद सहयोग गरेको छ । हिमालयन आँखा अस्पतालका प्राविधिक अधिकृत छवबहादुर बस्नेत र मनिपाल शिक्षण अस्पतालमा कार्यरत उनकी श्रीमती देवीले पोखरा वृद्धाश्रमलाई सहयोग गरेको हो ।

वैवाहिक वर्षगाँठका नाममा अनावश्यक खर्च गरी भड्किलो बनाउने प्रचलन बढिरहेको वर्तमान अवस्थामा बस्नेत दम्पतीले १० हजार मूल्य बराबरका खाद्यान्न तथा नगद आज वृद्धाश्रममा पुगेर अध्यक्ष कुशुमकेशव पराजुलीलाई हस्तान्तरण गरेको हो ।

सहयोग सामग्री बुझ्दै अध्यक्ष पराजुलीले मानवीय सहयोगका भरमा आश्रम सञ्चालन हुँदै आएको जनाउँदै बस्नेत दम्पतीलाई सहयोगका लागि आभार व्यक्त गरे । आगामी दिनमा पनि यस्तै किसिमको साथ र सहयोगको अपेक्षा गर्दै उनले समाजका असहाय एवं विपन्न वर्गका वृद्धवृद्धा र सेवकसेविका गरी आश्रममा हाल ५५ जना आबद्ध रहेको जानकारी दिए ।

प्रत्येक वर्ष दुवै जनाको एक महिनाको आम्दानी सामाजिक सेवामा समर्पित गर्दै आएको र आप्mना सन्ततिलाई पनि सेवा भावनामा लाग्न प्रेरित गर्ने विश्वास बस्नेत जोडीको रहेको छ । विस्ं २०५२ मा स्थापना गरी जनस्तरबाट सञ्चालन हुँदै आएको छ ।