पु.समाचार

मिस नेपाल २०२० का लागि स्वास्थ्य सहकार्य नेपाल मेडिसिटीसंग

६ मङ्सिर, काठमाडौँ । आयोजक संस्था हिडेन ट्रेजर मिस नेपाल–२०२०को मेडिकल पार्टनर रहेको नेपाल मेडिसिटी अस्पतालले शनिबार एक औपचारिक कार्यक्रमकाबीच मिस नेपाल २०२०का प्रतिस्पर्धीहरुलाई स्वागत गर्दै उनीहरुको स्वास्थ्य परीक्षण गरेको छ ।

ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा मिस नेपाल २०२०का २१ प्रतिस्पर्धी सहितआयोजक टोलीको कोभिड–१९का लागिपिसिआर टेष्ट गरीएको हो । आगामी मङ्सिर २०माहुने ग्राण्ड फिनाले र त्यस अघि हुने आवाशीय प्रशिक्षणमा प्रवेश गर्नु अघि पि सि आर टेष्ट गरिएको छ ।
यस वर्षको मिस नेपालमा एक नयाँउपाधिमा समेत सुन्दरीको छनौट हुने भएको छ । मेडिसिटी मिस हेल्दीनामदिइएको उपाधिकालागिशारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक पक्षमा अब्बल प्रतिस्पर्धीको छनौट हुने र विजेतानै नेपाल मेडिसिटीको गुडविल एम्बासेडर रहने छिन् ।
माहामारीकाबीचमै आयोजना हुन लागेको मिस नेपाल २०२०लाई कोभिडरहीत र समग्र आयोजक तथा सहभागीको स्वास्थ्यलाई ख्यालमा राख्दै नेपाल मेडिसिटी अस्पतालले भर्चुअल तथा भौतिक दुवै माध्यमबाट सेवा प्रदान गर्नेछ ।
यस अघि भने नेपाल मेडिसिटी अस्पतालले मिस वल्र्ड २०१९को बियुटि विथपर्पोज कि विजेतामिस नेपाल २०१९ अनुष्का श्रेष्ठकोे प्रोजेक्टका लागि मेडिकल पार्टनरका रुपमाकाम गरीसकेको छ ।