अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण पुष्टि

६ मंसिर, एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।

ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको उनका प्रवक्तालाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएक छन् ।

४२ वर्षका ट्रम्प जुनियर यो साताको सुरूवातमै संक्रमित भएपछि आफ्नै क्बाविनमा क्वारेन्टिनमा रहेको जनाइएको छ ।

राष्ट्रपति ट्रम्प, प्रथम महिला मिलानिया तथा कान्छो छोरा ब्यारोनलाई यसअघि नै संक्रमण भएको थियो