मनोरञ्जन

एकअर्काको पोल खोल्दै प्रीतम आचार्यसंगै पहिलोपटक मिडियामा उनकी दिदी (भिडियो)

५ मङ्सिर, काठमाडौँ । ईटहरीर भारतिय चर्चित टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा गएपछि लोकप्रिय बनेका बाल गायक प्रीतम आचार्य यतिबेला घरमै छन् । स्वरका कारण आफुलाई संगै नेपाललाइ समेत विश्वमाझ चिनाउन योगदान दिएका आचार्य उक्त रियालिटी शो बाट फर्केपछि भने सुस्ताए । केही सम्मानका कार्यक्रम र पढाईमा भन्दा उनको ध्यान गएन । जिटिभिको सम्झौताको कारण पनि उनी चुप थिए । लकडाउनको समयमा प्रीतम मोटाएका पनि छन् ।

भारतबाट फर्किएपछि एउटा गीत उनको आवाजमा सार्बजनिक भयो । सो गीत नितान्त उनको आवाजमा मात्रै थिएन । तर, अब भने उनले केही गीतहरु सार्बजनिक गर्ने तयारी गरेका छन् । धेरै पछि मिडियामा देखिएका उनले यो कुरा बताएका हुन् । यो लकडाउनको समयमा ३ ओटा भिन्नाभिन्नै स्वादका गीतहरु रेकर्ड भैसकेको उनले बताए । उनी संगै मिडियामा पहिलो पटक प्रीतमको एकमात्र दिदी प्रीया आचार्य पनि देखिएकी छन् । 

पहिलो पटक मिडियामा आउदा खुसी र डर दुबै लागेको उनले बताए । तिहार नजिकिदै गर्दा यसैलाई लक्षित गरेर प्रीतम र उनको दिदिसंग तिहार विशेष कुराकानी गरिएको छ । कुराकानिमा दुबैले एकअर्काको पोल खोले । प्रीयाको भने डान्समा रुचि रहेको बताईन् । सानैदेखि डान्समा रुचि राख्ने उनी गीत गाउनमा भने खासै सौखिन नरहेको सुनाईन् । ११ मा पढ्दै गरेकी प्रीयाको इच्छा मोडलिङमा पनि रहेको छ । परिवारको सबैले सपोर्ट गरेका कारण जे केही राम्रा काम गर्न रोकतोक नरहेको उनले कुराकानिका क्रममा भनेकी छन् ।