आर्थिक

बि.ओ.के क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

५ मङ्सिर, काठमाडौँ । बि.ओ.के क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा आज मिति २०७७/०८/०५ गते क्यापिटलको संचालक समितिका अध्यक्ष श्री महेश मिश्रज्यूको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त साधारण सभाले आ.ब. २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७६/७७ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी. २१,००,००,०००.०० को ४.५ प्रतिशतका दरले हुने रकम. ९४,५०,००० नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।