पु.समाचार

नेविसंघ अध्यक्ष ढुंगानाले गरे सुकुम्बासी बस्तीको स्कुललाई तीन थान कम्युटर सहयोग

५ मंसिर, काठमाडौं । सुनसरीको इटहरीस्थीत सकुम्बासी बस्तीको एक स्कुललाई नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले तीन थान कम्युटर सेट हस्तान्तरण गरेका छन् । अध्यक्ष ढुंगाना, उद्योग बाणिजय महासँघका केन्द्रीय सदस्य रोहीत प्रसाईँ, लायन्स क्लब अफ इटहरी ग्रिन सिटिका अध्यक्ष भबिन खड्का, ने.बि. संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष बिकास के.सि., इटहरी उद्योग वाणिज्य संघका महासचिव पिताम्बर पोख्रेलसहितको उपस्थितिमा उक्त स्कुललाई कम्युटर सेट हस्तान्तरण गरेका हुन् ।
प्रदेश नम्बर १ को ईटहरी ५ सुकुम्बासी बस्तीमा रहेको २०५९ सालमा स्थापीत उक्त प्रावि स्कुलमा नेपाली काँग्रेस प्रतिपक्षमा भएका बेला पनि अध्यक्ष राजीव ढुंगाना, उद्योग बाणिज्य महासँघका केन्द्रीय सदस्य एबम् काँग्रेस युवा नेता रोही प्रसाईं र भविन खड्काले कम्युटर हस्तान्तरण गरेर सहयोगी भावना देखाएको स्थानीयले बताएका छन् ।