सुदूरपश्चिम

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडाध्यक्ष मृतावस्थामा फेला

५ मङ्सिर, महेन्द्रनगर / कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् । सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्कनुभएका उहाँलाई साढे १० बजे मृत भेटिएको जानकारी दिए ।