राजनीति

डा.भट्टराईले यसरी गरे शान्ति सम्झौताको स्मरण

५ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा माओवादी र सरकारबीच भएको शान्ति सम्भौताको स्मरण गरेका छन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले सामाजिक सञ्जाल ट्वीट माफर्त संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र वृहद शान्तिलाई बिर्सेर वा अवमूल्यन गरेर देश र समाज अघि नबढ्ने पनि बताएका छन् ।

साथै उनले नयॉ पुस्ताले शान्ति सम्झौताको पूर्ण पाठ पढूनु पर्नमा जोड दिएका छन् ।

उनको ट्वीटः संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र वृहद शान्ति (सम्झौता (जसमा मधेस जनविद्रोह लगायत पूरक बनेका थिए)लाई बिर्सेर वा अवमूल्यन गरेर देशरसमाज अघि बढ्दैन है ! नयॉ पुस्ताले शान्ति सम्झौताको पूर्ण पाठ पढून् । क्रान्तिका एजेण्डा अपहरणमा परे वा नीति र नेतृत्व नमिले यस्तै हुन्छ !