आर्थिक

मुक्तिनाथविकास बैंक “युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०” बाट पुरस्कृत

५ मंसीर, काठमाडौँ । लक्जमवर्गमा आयोजित “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को विजेता मुक्तिनाथ विकास बैंक भएको छ । मुक्तिनाथविकास बैंकले सानातथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आयभएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशीबचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमापारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्रविशेषज्ञ छनौट समितिले अध्ययनतथा अनुसन्धान गरी “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०”कोप्रथम पुरस्कारबाट पुरस्कृत भएको हो ।

“युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्तप्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथविकास बैंक लगायत वेनिन र ईथोपियाको १/१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यूनआयभएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिनेछ ।

मुक्तिनाथविकास बैंकको ४२ जिल्लामा रहेका १३८ ओटा शाखाहरु मध्ये ११८ ओटा शाखामार्फत सानातथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ । सानातथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवालिई रहनु भएको छ भने यो क्षेत्रमा १७अर्ब भन्दा बढी लगानीमा रही रहेको छ ।