पर्यटन/संस्कृति

कोरोना संक्रमित हानका निवर्तमान अध्यक्ष शाक्यको निधन

५ मंसिर, काठमाडौं । होटल संघ हानका निवर्तमान अध्यक्षको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण अध्यक्ष अमरनाथ शाक्यको निधन भएको जनाईएको छ ।

दशैंपछि कोरोना पुष्टि भएका ७० वर्षे शाक्यको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

संक्रमित शाक्यको ओम अस्पतालमा मृत्यु भएको हानमा महासचिव विनय साहले जानकारी दिएका छन् । मृतक शाक्यमा मृगौला र निमोनियाको समस्या रहेको थियो ।