अन्तर्राष्ट्रिय

भारतको उत्तर प्रदेशमा दुई गाडी आपसमा ठोक्किँदा १४ जनाको मृत्यु

५ मंसिर, एजेन्सी । भारतमा भएको एक भयानक दुर्घटनामा परि ६ बालबालीका सहित १४ जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशमा प्रतापगढ जिल्लास्थित प्रयागराज–लखनउ राजमार्गमा दुई गाडी आपसमा ठोक्किँदा बालबालिका सहित १४ जनाको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार टायर पम्पचर भएपछि सडकको किनारमा रोकिराखेको ट्रकमा यात्रु सवार एसभीयू गाडी बिहीबार राति ठोक्किएको हो ।

प्रहरी अधिकारीका अनुसार गाडीमा सवार यात्रु एक विवाहमा सहभागी भएर आफ्नो गाउँ फर्किंदै थिए ।