पु.समाचार

कोरोना संक्रमणका कारण मोरङमा ८८ बर्षे बृद्धको मृत्यु

६ मंसिर, काठमाडौं । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित वृद्ध पुरुषको  मृत्यु भएको छ ।

अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको शुक्रबार बिहान ५ः५० बजेतिर मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा वृद्धको रिपोर्ट कात्तिक २७ गते पोजिटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि उपचारका लागि विराटको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा मृत्यु भएको देवले बताए । उनका अनुसार मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेका वृद्धलाई पछिल्लो समय ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने समस्या थपिएको थियो ।