पर्यटन/संस्कृति

बीरगंज पुगेर मन्त्री भट्टराईले भने, ‘सांस्कृतिक रुपमा महत्वपूर्ण पर्व छठ’

४ मंसिर, बीरगंज  । सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले छठ नेपालीलाई सांस्कृतिक रुपमा जोड्ने महत्वपूर्ण पर्व भएको बताएका छन्। उनले छठ पर्वले तराईलाई पहाडसँग र पहाडलाई हिमालसँग सांस्कृतिक रुपमा जोडेको बताए ।
प्रदेश नं २ सरकारको आयोजना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा आज वीरगञ्जमा सम्पन्न ‘प्रदेश नं २ को प्रमुख सांस्कृतिक पर्व छठको महत्वसम्बन्धी कार्यक्रम’ मा मन्त्री भट्टराईले छठले धार्मिक रुपले मात्र नभई वैज्ञानिकरुपले पनि मानव जीवन तथा प्रकृति संरक्षणका लागि महत्पवूर्ण सन्देश प्रवाह गर्दै आएको उल्लेख गरे ।