प्रदेश 1

प्रदेश १ मा अहिलेसम्म १९ हजार सङ्क्रमित र निको हुनेको सङ्ख्या १९ हजार ७८७

४ मङ्सिर, विराटनगर / प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल र होम आइसोलेशनबाट ५६० कोरोना सङ्क्रमित निको भई घर फर्केका छन् । निको हुनेको सङ्ख्या अहिलेसम्म १९ हजार ७८७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै प्रदेशमा सोही अवधिमा गरिएको ८३३ जनाको पिसिआर परीक्षणमा ९९ महिलासहित २१८ सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमा मोरङमा ८६ मध्ये विराटनगरमा ६८, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, सङ्खुवासभामा चार, इलाममा तीन, उदयपुरमा दुई, धनकुटा र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म सङ्क्रमितको सङख्या २४ हजार ७३४ पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ३६३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।