आर्थिक

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बगैँचा हस्तान्तरण

४ मंसिर, काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोहीकार्यलाई निरन्तरता दिँदै बैंकले कार्तिक २९ गते शनिबार लक्ष्मीपूजाको अवसर पारेर ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, ललितपुरमा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणाले महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत तथा पुनःनिर्माण कार्य सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको छ ।
उक्त बगैँचा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थितिमा कार्यक्रमका प्रमुख आतिथि तथा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले विधिवत रुपमा समुद्घाटन गरी व्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीको लिखितम् शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो ।
महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्तवातारणको अनुभूतिप्राप्त गर्न मद्दत पु¥याउने उद्देश्यले बैंकले उक्त बगैँचामर्मत तथा पुनःनिर्माण गरेको हो । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।