आर्थिक

महालक्ष्मी लाईफले गर्यो बीमितलाई प्रदान गरिने पोलिसी बोनस घोषणा

४ मंसिर, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ । बीमा समितिको कात्तिक २८ गतेको पत्रबाट स्विकृति प्राप्त भए बमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको ०७५/७६ को लागि न्यूनतम ५० प्रतिहजारको दरले बोनस घोषणा गरिएको इन्स्योरेन्सले जनाएको छ।
बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मुल्याङ्कन निर्देशिकामा सो अवधि सम्म जारि पोलिसीको विमाङ्किय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभए सम्मको लागि बोनस व्यवस्था गर्नु पर्ने हुन्छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले नयाँ कम्पनीहरुमा पहिलो पल्ट उक्त व्यवस्था सहितको मुल्याङ्कन गरी बोनस घोषणा गरेको हो । कम्पनीको आगामी विमाङ्किय मुल्याङ्कन नभए सम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिने कम्पनीले जनाएको छ ।