पु.समाचार

२४ घण्टामा १७ जनाको निधन, थपीए दुई हजार १०३ कोरोना संक्रमित

४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको निधन भएको पुष्टी भएको छ । यसै समयमा २८ सय ५८ जना कोरोना जितेर घर फर्किएका छन् । आज देशभर दुई हजार १०३ जनालाई कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ, ९ हजार ८०५ जनामा कोरोना परीक्षण गर्दा उक्त कोरोना पुष्टी भएको हो । । अहिलेसम्म २८ हजार १०६ जना कोरोना संक्रमित सकृय छन् भने अहिलेसम्म संक्रमितको संख्या दुई लाख १५ हजार नाघिसकेको छ । हालसम्म देशभर कोराना संक्रमणका मृतक संख्या भने १२ सय ७६ पुगेको छ ।