प्रवास

भट्टराई अन्तर्राष्ट्रिय मानव अधिकार पुरष्कार जूरी सदस्यमा चयन

४ मङ्सिर, काठमाडौँ । सामाजिक अभियन्ता अपरा थापा भट्टराईलाई १० औ अन्तर्राष्ट्रिय मानव अधिकार पुरष्कार २०२० को जूरी(निर्णायक समिति) सदस्यमा चयन गरिएको छ । अन्य मुलुकबाट विभिन्न व्यक्तिहरुको चयन संगै नेपालबाट अपरा उक्त समितिमा परेकी हुन् ।

यो पुरस्कार मानव अधिकार परिषदको सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो। यो व्यक्ति,विश्व शान्ति नेताहरू, व्यवसाय नेता, संस्था, संगठनहरूलाई जसले मानवअधिकार र मानवतामा सेवाको संरक्षण र प्रबर्द्धनको लडाईमा असाधारण नेतृत्व देखाउँदछ उसलाई प्रदान गरिन्छ ।

अपारा थापा भट्टराई नेपालकी एक युवा गतिशील सामाजिक कार्यकर्ता हुन् जसले शिक्षाको प्रचार र राष्ट्रमा अभावग्रस्तमा परेकालाई सेवा प्रदान गरि रहेकी छिन । उनी राष्ट्रकी एक युवा प्रतिक हुन् । उनि अन्तर्राष्ट्रिय साहसी महिला २०१९ बाट पुरस्कृत भै सकेकी छिन ।

२०२० को लागि कसले मानवीय पुरस्कार पाउने भन्ने निर्णयका लागि भट्टराईसँगै विश्वका विभिन्न स्थानका बौद्धिक मानिस हुनेछन्। जस्मा प्राध्यापक डा जाहिद हक, (मलेसिया), डा बिन्नी सरीन, (भारत) डा एन्थोनी राजू(भारत), डा जुन एन(भारत), टेस मार्टिन(अष्ट्रेलिया), डा अमीन अली( संयुक्त राज्य अमेरिका), नुनो अलेक्जान्ड्रे(पोर्तुगल) र डा जोन ह्यारिसन(भारत) उक्त निर्णायक समितिमा रहेका छन ।

स्विटजरल्याण्ड र बेलायतबाट उच्च अध्ययन गरेकी अपरा थापा पौष्टिक दिवा खाजारखाना कार्यक्रम महामारीको समयमा पनि निरन्तर बिद्यालयका बालबालिकाहरु र खाधन्य जुटाउन नसकेका परिवारलाई अहोरात्र खटिई व्यवस्था गरि रहेकी छिन ।