राजनीति

ओली र प्रचण्डको झगडाले जनताको मतको ठाडो अपमान गर्योः काँग्रेस नेतृ डा संग्रौला

४ मंसिर, काठमाडौं । नेपाली कााँग्रेसकी केन्द्रीय सदस्य एबम् साँसद डा डिला संग्रौलाले नेकपा बिमानका पाइलटद्वय ओली र दाहालको सत्ता स्वार्थको आन्तरिक किचलोले पार्टीको दुर्घटना मात्र नभएर जनमतको अपमान भएको बताएकी छन् । उनले सुर्यखबरसँग जनताको व्यापक अभिमत र लोकतान्त्रिक प्रणालीलाई नै धरापमा पारेको कडा आरोप लगाएकी छन् ।
काँग्रेस नेतृ डा संग्रौलाले नृकपा उच्च नेतृत्वको छताछुल्ल हुनेखाल्को झगडाले सुखी र समृद्धि नेपालको सपना बाड्दै हिँडेको नौटकीं कम्युनिस्ट सरकार अन्ततोगत्वा दुखित नेपाल परिणत गर्न उद्दत भएको पुष्टी भएको टिप्पणी गरेकी छन् । डा संग्रौलाले नेकपाले जनतालाई दिएके धोकाको हरहिसाब नेपाली जनताले समयमा दिने नै छन् । नेकपामा चेतनाभया !! भन्दै नेकपालाई ध्यानाकर्षणसमेत गरेकी छन् ।

डा संग्रौला भन्छिन्ः नेकपा बिमानका पाइलटद्वय ओली र दाहालको सत्ता स्वार्थको आन्तरिक किचलोले पार्टीको दुर्घटना मात्र हैन कि जनताको व्यापक अभिमत र लोकतान्त्रिक प्रणालीलाई नै धरापमा पार्दै सुखी र समृद्धि नेपालको सपना बाड्दै हिडेको नौटङगी कम्युनिस्ट सरकार अन्ततोगत्वा दुखित नेपाल परिणत गर्न उद्दत भएको छ। यसको हरहिसाब नेपाली जनताले समयमा दिने नै छन् । नेकपामा चेतनाभया !!