बाग्मती

मनोजमणीले छोरी र श्रीमतिसहित जिते कोरोना, स्वास्थ्य लाभको कामना गर्नेलाई दिए धन्यबाद

४ मंसिर, काठमाडौं । नेपाल बिद्यार्थी संघका पुर्व महामन्त्री एबम् नेपाली काँग्रेसका युवा नेता मनोजमणी आचार्यले कोरोना जितेका छन् । श्रीमती रात्ना ज्योती र छोरी मुक्तासहित कोरोना पोजेटिभ देखिएपछि आईसोलेशनमा बसेका आचार्य परिवारको बुधबार गरिएको कोरोना पीसीआर परीक्षणमा कोरोनना नेगेटिभ देखिएको नेता आचार्यले सुर्यखबरलाई जानकारी दिएका छन् ।
कोरोनाका कारण देशभर लकडाउन भएका बेलासमेत कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका कार्यमा सकृय रहेका आचार्य सपरिवार आफैं कोरोना संक्रमणको शिकार शुनुपरेको थियो ।
उनले आफु र आफ्नो परिवारलाई स्वास्थयलाभको कामना गर्नुहुने देश तथा बिदेशमा बस्ने आफन्तजनलगायत सबैलाई धन्यबाद दिएका छन् । यसपटकको चाडबाड आईसोलेशनमा नै बसेर आचार्यले बिताएका थिए । देशभर दुईलाख भन्दा बढीलाई कोरोना संक्रमणको पुष्टी भएका बेला आचार्य परिवारका तीनजना पनि परेका थिए ।