राजनीति

नेकपाको बिकास/बिनास नेकपाभित्रै अन्तरनिहित, चीनको निर्देशनमा होईनः मन्त्री भट्टराई

४ मंसिर, काठमाडौं । नेकपा स्थायी समिति सदस्य एबम् पर्यटनमन्त्री योगेश कुमार भट्टराईले पछिल्लो समय नेकपाका हरेक कार्यकर्ताले पार्टी बिभाजनको पीँडा भोगिरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सकृयताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी भएको उनको तर्क छ । नेकपाका युवा नेता भट्टराईले चीनका राजदूत यांछीको पहलका कारण भएको भन्ने कुराको प्रतिबाद गरेका हुन् सक्छन् । नेता भट्टराईले एमाले र माओवादीबिचको एकताबाट बनेको नेकपा बिभाजनको इतिहासलाई क्रमभङग गरी एकताको इतिहास् निर्माणको परिणाम भएको विचार व्यक्त गरेका छन् । पार्टीमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहालबीको द्वान्द्वको सीमा नाघेपछि चिनियाँ राजदरुतले राष्ट्रपति, प्रधानमन्त्रीलाई भेटेकी थिईन् । उक्त कुराको नेकपाबिभत्रसमेत ब्यापक छलफल भईरहेका बेला नेता भट्टराईको प्रतिकृया आएको हो ।
नेकपामा बिदेशी हस्तक्षेप छैन भन्दै उनले भनेका छन्, ‘घरेलु (नेपाली)बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी हो नेकपा । यसको बिकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रबिधिको प्रयोग गरिएको छैन । नेकपा जैविक र नेपाली बिशेषताको मौलीक पार्टी हो ।’ उनले नेकपाको बिकास वा बिनास नेकपाभित्रै अन्तरनिहित भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘यो अवस्थामा प्रत्येक सदस्यका दुई हातमा पानी कि पेट्रोल ? पेट्रोलले उर्जा, पानीले उर्जा र जीवन, नेपालमा पानीका मुहान सुकेका छैनन्!’
नेता भट्टराईको स्टाटस्ः घरेलु (नेपाली)बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी हो नेकपा । यसको बिकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रबिधिको प्रयोग गरिएको छैन । नेकपा जैविक र नेपाली बिशेषताको मौलीक पार्टी हो । यसको बिकास वा बिनास यसैभित्र अन्तरनिहित छ । ‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सकृयताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी हो । अरु कसैमा यो उक्ति लागु हुनसक्छ । त्यो उनीहरुले नै जान्ने कुरा हो । एमाले र माओवादीबिचको एकताबाट बनेको नेकपा बिभाजनको इतिहासलाई क्रमभङग गरी एकताको इतिहास् निर्माणको परिणाम हो ।
यो सत्य हो अहिले नेकपाको हर सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेका छन् । यो अवस्थामा प्रत्येक सदस्यका दुई हातमा
पानी कि पेट्रोल ?
पेट्रोलले उर्जा
पानीले उर्जा र जीवन
नेपालमा पानीका मुहान सुकेका छैनन् !