प्रदेश 1

प्रदेश १ मा ४४० कोरोना सङ्क्रमित थपिए

३ मंसिर, बिराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ४४० जना कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये १४६ महिला र २९४ पुरुष छन् ।

थपिएका सङ्क्रमितमा मोरङका २२३ मध्ये विराटनगरका १२४, सुनसरीका ८४, झापाका ६६, इलामका १२, उदयपुरका ११, सङ्खुवासभाका पाँच, पाँचथरका चार, धनकुटाका दुई, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरका एक÷एक र प्रदेश बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ५१६ पुगेको छ भने आज ३६३ जनासहित अहिलेसम्ममा १९ हजार २३१ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा एक हजार २६१ जनासहित कूल एक लाख ८० हजार ५३० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।