राजनीति

नेकपा मिलाउने चिनियाँ राजदूतकाे सकृयताले कुटनीतिक मर्यादाको सीमा नाघ्योः नेता उदय

३ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता उदय शम्सेर राणाले पार्टीभित्रको आन्तरिक विवादमा चिनियाँ राजदूतको सक्रियताले कुटनीतिक मर्यादाको सीमा नाघेको टिप्पणी गरेका छन् । पार्टीभित्रको बिबाद मिलाउन राजदूत सकृय हुनुले नेकपाको असली चरित्र पनि उदांगो पारिदिएको उनको तर्क छ । पुर्व अर्थराज्यमन्त्रीसमेत रहेका युवा नेता राणाले पार्टीभित्रको विवाद मिलाउन राजदूतको भूमिका खोजिनुले नेकपा कहाँबाट सञ्चालित छ भन्ने स्पष्ट हुँदैन र ? भन्ने प्रश्न समेत गरेका छन् ।
नेता राणाले सामाजिक सञ्जालमा लेख्दै नेकपाको बिबाद मिलाउन राष्ट्रपति बिद्यादेवी भण्डारी सकृय भएकेमा पनि बिरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राष्टपतिज्यू, तपाई कुनै दल विशेषको नभई सिंगो मुलुकको अभिभावक हो। तर शितलनिवासमा बसेर एउटा अमूक पार्टीकोे विवादमा यति सक्रिय हुन पदीय जिम्मेवारीले पटक्कै सुहाएन । तपाइँका गतिविधिले राष्टपति पदकै गरिमा र मर्यादालाई मजाक बनाएको छ । बरु धुम्बाराही सर्नुस्, मेरो सुझाव ।’

नेता राणाको स्टाटस् १ः एउटा पार्टीभित्रको आन्तरिक विवादमा चिनियाँ राजदूतको सक्रियताले कुटनीतिक मर्यादाको सीमा नाघेको छ। र यसले नेकपाको असली चरित्र पनि उदांगो पारिदिएको छ। पार्टीभित्रको विवाद मिलाउन राजदूतको भूमिका खोजिनुले नेकपा कहाँबाट सञ्चालित छ भन्ने स्पष्ट हुँदैन र?
स्टाटस् २. राष्टपतिज्यू, तपाई कुनै दल विशेषको नभई सिंगो मुलुकको अभिभावक हो। तर शितलनिवासमा बसेर एउटा अमूक पार्टीकोे विवादमा यति सक्रिय हुन पदीय जिम्मेवारीले पटक्कै सुहाएन । तपाइँका गतिविधिले राष्टपति पदकै गरिमा र मर्यादालाई मजाक बनाएको छ । बरु धुम्बाराही सर्नुस्, मेरो सुझाव ।’