विचार/ब्लग

नेकपा नेता/कार्यकर्तालाई गगनको प्रश्नः नेकपाको असली आमा को हुन् ?

गगन कुमार थापा /विगत लामो समयदेवि नेकपाको घर झगडालेसबैको ध्यान विचेको छ । नेकपा भित्रको यो रडाकोका दईु वटा पक्ष छन्ः पहिलो नेकपा सञ्चालनको आन्तरकि विषय र दोस्रो नेकपा नेतत्वको सरकार सञ्चालनको विषय । नेकपाभित्र ‘को जाली हो, को माहाजाली हो, कसले धेरै झटु बोल्यो, कसले पाटी सञ्चालनमा हलो अड्कायो अनि कसले सरकार सञ्चालनमा अड्कायो, यी विषयहरू नेकपाभित्रका आन्तररिक छलफलका विषय हुन् । दईु पाइलटका वबचमा गोप्य कोठामा, बैठकमा, सामूहिक रूपमा औपचारिक, अनौपचारिक ढङ्गले के–कस्ता सहमति र सौदाबाजी भए र ती कसले पालना गरे, कसले गरनेन् ती पनि पाटीकै आन्तरिक चासोका विषय हुन्। गटुबन्दी कसले गर्यो, षडयन्त्र कसले गर्यो, फुटाउन कसले खोज्यो, कसलाई भाग मिल्यो कसलाई मिलेन, नेकपाको असली आमा को हुन् ? त्यो पनि नेकपाका साथीहरुले नै छुट्याउन।
पाटीभित्रको आन्तरिक जीवनमा अविश्वास र आशङ्का हुन सक्छ,  कतिपय अवस्थामा मतभेद  र अन्तरविरोध रहन सक्छ । मतभेदका विषयमा संबाद हुन्छ, समाधान निस्कन्छ र पाटी अगाडी बढ्छ । यदि यस्तै पाटीका आन्तरिक विषय मात्रै दईु अध्यक्षको दोिहोरीको विषयथिए भने, उक्त विषयमा चासो राखे पनि हामी शुभेच्छा प्रकट गररे मात्रै बस्थ्यौं। तर, नेकपाको बिबादमा उठानगरिएका कतिपय विषय पाटीको आन्तरिक विषयमा मात्रै सीमित छैनन्।
केहीदिन अघि नेकपाका अध्यक्ष प्रचण्डले नेकपा सवचिालयको बैठकमा लिखित प्रस्ताव प्रश्तुत गर्दै अर्का अध्यक्ष तथा प्रधानमन्त्रीमाथी लगाएका संगीन आरोप लगाउनुिएको विषय सािाजवनक भईसकेको छ। मूलतः प्रचण्डको राजनीतिक प्रस्ताव भित्रको ‘सरकार सञ्चालनमा अनत्तुरदायी ब्यबहार’ अन्तर्गत समाबेश भएका आरोपका बुँदाहरु नेकपा भित्रको आन्तरिक विषय मात्र नभएर आम सरोकारका विषय हुन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहालकाे आरोप छ, अझ भनौँ ठहर छ, ‘नेकपाको ससंदीय दलले चनुेर प्रधानमन्त्री बन्नुभएका खड्गप्रसाद ओलीले स्वच्छ सरकार र सशुासनको कार्यदिशा विपरीत सरकार चलाउनुभयो त्यस्तै भ्रष्टाचार, दरुाचार, व्यविचार र कमिसन खोरी’ नियन्त्रण गर्न सार्थक पाइला चाल्नकुो सट्टा वाइड बडी विमान खरीद प्रकरण, सरंक्षण छापाखाना खरिद र सञ्चार मन्त्रीको टेप प्रकरण, यति होल्डिस सगँको अपारदर्शी र शकांस्पाद कारोबार, स्वास्थ्य सामाग्री ओम्नी सगँ साठँगाठ र बजेट सार्वजानिक गर्नुपर्नेगोप्य राख्नुपर्ने दर रटे परिर्वतनलार्ए चुहाएर विद्यतुीय सवारी र चकलेट आयातमा अनियमितता जस्तो प्रकरणमा मुछिएकाहरुको प्रतिरक्षा गररे ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र सरंक्षण गर्नुभयो, कोरोना महामारी विरुद्ध राष्टिय एकताको साथ अगाडी बढ्नु पर्ने बेला पार्टी बिभाजन र सत्ताको खेलमा लागेर ओलीले राजनीतिक विवाद मात्र सिर्जना गर्नु भएन काननु सम्मतको विपत्ब्स्थापनको राज्य सयंन्त्रलाई निष्क्रिय तुल्याउनु भयो । राष्टियतासगं सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिनुभयो र विदेश मामला र कूटनीतिमा नेपालको स्वतन्त्र नीतिसंग मेल नखाने ब्यबहार देखाँउदै अयोग्यता प्रदर्शन गरी देशलाई क्षती पर्याउनु भयो । द्वन्दकालिन मुद्दाहरूलाई राजनीति उद्देश्यका उपयोग गर्नु भयो । समग्रमा सरकार सञ्चालनको दुई बर्षको अबधि हेर्दा प्रधानमन्त्री ओली सम्पूर्ण रुपमा असफल हुनुभयो ।’
पुष्पकमल दाहालले खड्गप्रसाद ओलीमाथी लगाएको आरोपहरूमा नौला विषय छैनन् गलत पनि होइन सांसद, सडक सबैतिरबाट प्रधानमन्त्री ओली विरुद्ध उठ्दै र लाग्दै गरको आरोप हुन् । तर पवन यो प्रकरण विशेष छ । प्रधानमन्त्रीकै पार्टी भित्रबाट नेकपा अध्यक्ष प्रचण्ड सहित अन्य दईु पुर्व प्रधानमन्त्री समेतका शिर्ष नेताहरुले प्रधानमन्त्री ओलीलाई सरकार सञ्चालन गर्न अयोग्य मात्र होइन राज्य सञ्चालन र सशुासनका सन्र्दभमा प्रधानमन्त्रीको प्रवृति र नियतमै गम्भिर प्रश्न उठाएका छन्। आफ्नै पाटीको ससंदीय दलको नेताको रूपमा प्रधानमन्त्री बनाएको व्यवक्त विरुद्ध उदाहरण सहित असक्षम र भ्रष्टाचारीलाई प्रोत्साहन र सरंक्षण गरेको, राष्टिय सुरक्षामा असंवेदनशिल भएको निष्कर्ष निकाल्नुले प्रधानमन्त्री ओली विरुद्धको विरोधको पछिल्लो शृखलालाई विशेष बनाएको छ । यो संवेदनशील छ।
प्रचण्डको आरोप पत्र पछाडि, यतिखेर प्रधानमन्त्री आफ्नो पदीय र कूटनीतिक, राष्टिय र अन्तराष्टिय मर्यादाको समेत ख्याल नगरी सम्पूर्ण शक्ति लगाएर प्रचण्डलाई फकाउने प्रयत्नमा भन्ने सुनिरहेका छाैं, पढिरहेका छौँ।
पाटी सञ्चालनको सन्र्दभमा रहेका मतभेदका बारेमा, नेकपा भित्रको गटुबन्दीका बारे कसले आत्मालोचना गर्ने कसले त्याग गर्ने, कसले कसलाई कति फकाउने, कसलाई तर्साउन, को कता जाने, कसको जिम्मेवारी हेरफेर गर्ने त्यो नेकपाका साथीहरूले नै छलफल गर्ने विषय हो । छलफल गर्नुहोस, चिरफार गर्नुहोस्, निकास निकाल्नु होस् हाम्रो शुभकामना छ ।
तर, प्रधानमन्त्री ओलीको अर्थात् नेकपाको एकल नेतृत्वको सरकार सञ्चालन गर्दा देखिएको अनियनितता, भ्रष्टाचार, अपराध, कुशासन लगायतमा नेकपाको अध्यक्षले आफ्नो पार्टीको प्रम र सरकारको बारमा जे ठहर गर्नुभएकाे छ अब दईु अध्यक्षको मन मटुु मिल्दैमा, गुटहरु जोड्दैमा, कोहि आएर रातारात मिलाईदिदैंमा, अनि एक भयाैं भनेर हात मिलाँउदैमा, आत्म आलोचना गर्दैमा अनि प्रस्ताव फिर्ता लिदैँमा सकिने बिषय होइनन्। यस्ता विषय बैठकमा मन पखालेर पखालिदैन, अब बिसौँ भनेर बिर्सदैन । यी सार्वजानिक चासो र राष्टिय सरोकारका विषय हुन् र यी विषयको उत्तर आरोपीले दिनुपर्छ, आरोप लगाउनेले दिनुपर्छ, प्रधानमन्त्रीले दिनुपर्छ, नेकपाले दिनुर्छ । यति मात्र होइन नेकपाको आन्तरिक शक्तिी संघर्ष कहलबिच विदेशी गप्तुचर प्रमुखसगैँँको प्रधानमन्त्रीको भेटको विषय अनि नेकपाका नेताहरुले चिनिया राजदूतसँग गरेको अस्वभाविक भेटघाट समेतका बारेमा प्रधानमन्त्री र वसङ्गो नेकपाले उत्तर दिनुपर्छ ।
यस प्रकरणमा उठेका र उठाइएका सार्वजानिक र राष्टिय सरोकारका विषयहरूलाई फगत पार्टी भित्रको आन्तरिक शक्ति संघर्षबिच उठेको मनमटुाबको तितो अविव्यक्तीका रुपमा लिने भुल कम्तीमा प्रतिपक्षले गर्नै छैन । त्यसैले ‘फकिने’ र ‘फकाउने’ यो नर्बिसिनुहोला अब सबै विषय नेकपा भित्रको आन्तरीक विषय रहेनन्, दईु ‘पाइलट’ को मनमटुाब मात्रको विषय रहेन । अब यो राष्टिय सरोकारको विषय हो, यो हाम्रो विषय हो।
आरोप लगाउने र आरोप प्रति जसले जसलाई ‘फकाए’ पनि जसले आएर फकाइदिए वा मिलाईदिए पनि अब हाम्रो एक एक प्रश्नको उत्तर दिन पनि तयार रहनुहोला । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नुभएका प्रधानमन्त्रीको सन्र्दभमा उठाउनुभएका एकएक प्रकरणको हिसाब किताब अब ससंद् सडक दबुैबाट मागिने छ । फेसबुकबाट