राजनीति

नेकपाले नै ओलीलाई भ्रष्टाचारको लिखित आरोप लगाइसकेपछि प्रधानमन्त्रीबाट हटाउनैपर्छः डा भट्टराई

३ मंसिर, काठमाडौं । जनता समाजबादीका अध्यक्ष डा बाबुराम भट्टराईले नेकपाले नै असक्षम र भ्रष्टाचारीको संज्ञा दिइसकेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनुपर्ने बताएका छन् । उनले ट्वीटरमा लेख्दै दुईवटा प्रस्ताव गरेका छन् । प्रथम राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन भन्ने रहेको छ भने अर्को ओली सरकारको असफलतार/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ भन्ने रहेको छ ।
डा भट्टराईको ट्वीटः नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्यरजनताका मुद्दा प्रतिपक्षी दलरजनताले उठाउनैपर्छ हैः १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैनः २.ओली सरकारको असफलतारभ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।