विचार/ब्लग

बेचबिखन वा बलात्कार बिरुद्ध सरकारले प्रभावकारी कदम चाल्न जरुरी

दिपीका खड्का / संसारको नै सबै भन्दा सर्वश्रेष्ठ प्राणी मानिस । एक्काईसौँ शताब्दीमा आईपुग्दा पनि मानिस एउटा आफैं मानिस भएर मानिसलाई नै पशुको जस्तो व्यवहार गरिरहेको छ । उसले कतै मानिसलाई मुल्य तोकेर बेचबिखन गर्ने गरेको छ । गरिव मानिसहरुलाई बिभिन्न झुटा आस्वासन दिएर कसैलाई बिदेश पठाउने, कसैलाई कोठीमा लगेर बेच्ने, कसैको अंग बेचबिखन गर्ने, कसैको श्रमको मूल्य नदिने, हिँसा गर्नेलगायतका कामहरु मनिसले नै गरेका दृष्टान्तहरु प्रशस्त छन् । एक महिलाले अर्को महिलालाई, आफ्नै बुबाले छोरीलाई, श्रीमानले श्रीमतीलाई, आफन्तले आफन्तलाई र साथीले साथीलाई नै नाटकीय तवरले बेचबिखन गर्न पुगेका छन् । अझै हाम्रो देश नेपालमा त गाउँघरको सोझी केटीहरुलाई ललाई फकाई आफन्तले नै बेचेका उदाहरण प्रशस्त छन् । अरुलाई सजिलै बिश्वास गर्ने ईमान्दार किशोरी, महिला एवंम् बालबालिकाहरु साधारण तवरले नै फकाएर, सामानय लोभलालचमा फसाएर बेचिन्छन् । घर खर्च टार्न समस्य भाएका उनीहरुलाई बिभिन्न आस, पैसाको लालच देखाएर उनीहरुलाई स्वदेश वा बिदेसमा बेचेका उदाहरणहरु छन् पछिल्लो समय। बलात्कार, मानव बेचबिखन, बाल हिसां, महिला हिँसा जस्ता धेरै अपराधहरु दिनदिनै बढ्दै गएका छन् तर पनि सरकार वा सरोकारवालाबाट यस्ता अपराध गर्ने ब्यक्तिहरुलाई कडा कारबाही गर्ने राम्रो नियम कानुन र कार्यान्वयनको ब्यबस्था हुन सकेको छैन । अझैपनि हाम्रो समाजमा छोरा—छोरी भनेर बिभेद गर्ने चलन रहिरहेको छ । छोरालाई राम्रो शिक्षा दिने अनि छोरीलाई घरको काम लगाउने अमानविय ब्यबहार गर्ने मानिसहरुलाई त कडा भन्दा कडा कारबाहिको ब्यबस्था गर्नुपर्ने माग उठीरहेको बेला मानव बेचबिखन जस्तो जघन्य अपवराधका घटना पछिल्लो समयमा नेपालमा बढ्दै जानु समाजको भलो चिताउने हरेका मानिसको लागि चिन्ताको बिषय हो । अहिलेको समयमा त बलत्कारको घटना एकदम बढिरहेको छ । दिनै जसो हामीले बलत्कारको घटना समाचार सुन्ने गरेका छौ । क्षेत्रीय सन्र्दभमा हेर्दा सबै भन्दा बढी बेचबिखन सिन्धुपाचोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ लगायत र तराई क्षेत्र कैलाली, रुकम, धनुषा, महोत्तरी, बाँके लगायतका महिलाहरु बढि बेचबिखनमा पर्ने वा बलात्कारको शिकार हुने गरेका समाचार पढ्न पाईएको छ । यस्ता बलत्कारी जस्ता ठूला अपराधीलाई कडा कारबाही भएको छैन त्यसैले दिनानुदिन यस्तो घटना बढ्दै गएको छ । यस्ता अपराधीहरुलाई फाँसीकोे ब्यबस्था गर्नुपर्छ अनि मात्र यस्ता घटना कमी आउन सक्छ भन्ने माग पनि सर्बत्र उठ्ने गरेका छन् ।
मानव बेचबिखन नेपाली समाजको मात्र नभई अमेरिकालगायत विश्व समुदायका शक्तीसम्पन्न मुलुकको लागि पनि चुनौतीको रुपमा देखिएको छ। कुनैपनि मानिसलाई जर्बजस्ती तथा शोषण गर्नु, घरेलु काममा लगाउनु, अंग झिक्नु, वेश्याबृत्ति वा अन्य प्रकारको यौन शोषणमा प्रयोग गर्नु र झुक्याएर अन्यत्र लगेर कार्य अन्तर्राष्ट्रिय अपराध हो । यस्ता यौन कार्यमा संलग्न भएका महिलाहरु बिभिन्न यौन रोग जस्तै एच् आई भि एड्स, सुजाक, भिरंगी जस्ता रोगको शिकार हुने डठर हुन्छ । मानव बेचबिखन र बलात्कार एउटा समाजको कलंक हो । एउटा मानिस भएर मानिसलाई नै बेच्ने यस्तो अमानविय कार्य पनि गर्दछन् । पछिल्लो समयमा पैसाको लागि मानिसहरु जे पनि गर्ने परम्पराको विकास भएको छ । कुनै कालखण्डमा त झन् सानै उमेरमा माहिनावारी हुनु भन्दा अगाडि नै बिबाह गरेर पठाउने गर्दथे । धर्म र परम्पराको नाममा यस्तो अमानविय प्रचलन रहेको मान्यता छ । गरिबी, बेरोजगारीका कारण घर खर्च धान्न नसकेर नेपालबाट बर्षेनी हजारौँ युवा तथा किशोर किशोरीहरु खाडी मुलुकमा मजदुरी गर्न जाने गर्दछन् । यसरी बैदेशीक यात्रामा गएका महिलाहरु बिभिन्न यौन शोषण, घरेलु हिंसा लगायतमा फसेका समाचारहरु आईरहेका छन् ।
पहिलो कुरा त नेपाल जस्तो विकासोन्मुख मुलुकमा प्रसस्तै श्रोत साधन हुँदा पनि सरकारले जनतालाई रोजगार दिने, शिक्षत र समृद्ध बनाउने जस्ता कुरामा महत्वपुर्ण योगदान दिन सकेको छैन । धेरैजसो महिलाहरु रोजगारको प्रलोभनमा परेर बेचिएका उदाहरण भेटिन्छन्। हाम्रो मुलुकमा बढ्दो बेरोजगारी, जनचेतना तथा शिक्षाको कमि कारण, भारतसगँको सिमाना खुला रहेका कारण, कानून कार्यान्वयनको अभावका कारण, संबिधानले दिएको अधिकारको बारेमा जानकारीको अभाव महिलाहरुले समस्या झेल्नु परेको छ । गरिवी तथा अशिक्षाको कमिको फाईदा उठाएर दलालहरुले त्यसको फाईदा उठाउँदै बिदेश लाने र अबैध धन्दामा सहभागी गराउने, महिलालाई साझै कोठीमा बेच्ने गरेका छन् । भारतसंगको सिमाना खुल्ला रहेकोले मानिसहरु त्यसबाट हुँदै अबैध रुपमा ओसार पसार गर्न सजिलो भएको छ। कानूनी रुपमा मानव बेचबिखनलाई सबै राष्ट्रहरुले सजायको व्यवस्था गरे पनि यसको आधारमा रहेका आर्थिक, सामाजिक परिवेश कारण वा सरकारको प्रभावकारी कदम चाल्न नसकेका कारण मानव बेचबिखनका समस्याको अन्त्य हुन सकेको छैन । यसलाई न्युनिकरण गर्नको लागि सरकारले प्रभावकारी रणनीति बनाउन सकेको छैन । भएको कानुनी ब्गबस्था पनि फितलो रहेको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा कानुन कार्यन्वयनमा फितलोपना भ्रष्टचार आदी कारणले मानव बेचबिखन र अ‍ोसार पसार फस्टाउदै गएको छ, मानव बेचबिखनजस्तो ठाूलो अपराधतर्फ भन्दा राजनीतिक जोडघटाउन र भ्रष्टाचारतर्फ सम्बन्धीत निकाय केन्द्रीत देखिन्छन् ।
नेपालको संबिधानले दिएको अधिकारअनुसार नै हरेक मानिसले स्वतन्त्र भएर सम्मानपूर्वक बाच्ने अधिकार रहेको छ । स्वतन्त्रता भनेको अरु कसैको बन्धन, दबाब, अधिन आदिमा नपरी आफ्नै शासनमा रहने र आफ्नै सोच बिचारले काम गर्ने पाउने भन्ने हो । बिभिन्न गैरसरकारी तथा अन्तराष्टिय सघंसंस्था, राजनैतिक पार्टी तथा बिभिन्न महिला संगठनहरु ब्ेचबिखन, बिभेद, बलात्कारका बिरुद्ध सकृय भएका भएपनि उनीहरुले खेलेको भूमिका प्रभावकारी हुन सकेन, जसका बापदुत बेचबिखन, बलात्कारजस्त जघन्य अपराध नियन्त्रण हुन सकेको छैन । बेचिएका महिलाहरुलाई समाजमा पुर्नस्थापना गर्नको लागी बिभिन्न तालिमहरु दिने, चेतनामुलक सन्देशहरु फैलाउने, बाँच्नका लागि आर्थिक उद्यम गर्न सिकाउने भएपनि उद्दार गरि ल्याईएका कतिपय महिलाहरुलाई प्रभावकारी रुपमा पुनःस्थापना गर्न पनि सरकार असफल देखिएको छ । धेरै महिलाहरु बेचिएर बिदेशमा अलपत्र भएर बसेका छन् । यस्ता अलपत्रप परेका ब्यक्ती र बेचिएका महिलाहरुको उद्धार गर्नका हरेक क्षेत्रबाट सबै उठ्नु पर्दछ । पहिलो बेचबिखन नै रोक्ने, दोस्रो, बेचबिखन भएकलाई उद्दार गर्दे, तेस्रो उद्दार गरिएकालाई भबिष्यमा बाँच्ने वातावरण बनाउने कार्यको जिम्मा सरकारले लिनुपर्छ । महिला होस् या पुरुष हिँसा अपराध हो, पुरुष पनि महिलाबाट हिँसामा परेका उदाहरण प्रशस्त छन्, हिह्सा अन्त्य गरौं, संबिधानले दिएको अधिकार सबै नागरिकका लागि उत्तिकै हुनुपर्छ । अव सरकारले यस बिषयमा जिम्मेवार भएर लाग्ने कि !