राजनीति

अमेरिका/चीन/बेलायत/रुसले छिट्टै कोरोनाको औषधि ल्याउने हुँदा सरकार कानमा तेल हालेर नसुतोस्ः डा भट्टराई

२ मंसिर, काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिका, बेलायत, रुष, चीन लगायत शक्तीसाली मुलुकले कोरोनाको आषधी जनवारीसम्मा ल्याउने बताईरहेका बेला नेपालले पनि त्यसको लागि तयारी गर्नुपर्ने बताएका छन् ।
पुर्बप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले औषधि उत्पादन भएपछि शुरूमा धनी देशले ओगट्ने हुॅदा गरीब देशले डब्लूएचओमार्फत लिने कि ? भनेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै कोरोनाविरूद्धको खोप मोडेर्ना, फाइजर लगायत कम्पनी र रूस, चीन लगायत देशले परीक्षणरविकास गरिरहेको र इस्वी नयॉ बर्ष संगसंगै बजारमा आइसक्ने चर्चा भैरहॅदा हाम्रो सरकार पहिले झैं कानमा तेल हालेर नसुतोस् ! भन्दै सरकारलाई सजग गराएका छन्। उनले मु..सक्यो दैलो देख्यो नहोस! भन्दै साबधानी अपानाउन आग्रह गरेका छन् ।

डा भट्टराईको ट्वीटः कोरोनाविरूद्धको खोप मोडेर्ना, फाइजर लगायत कम्पनी र रूस, चीन लगायत देशले परीक्षणरविकास गरिरहेको र इस्वी नयॉ बर्ष संगसंगै बजारमा आइसक्ने चर्चा भैरहॅदा हाम्रो सरकार पहिले झैं कानमा तेल हालेर नसुतोस् ! शुरूमा धनी देशले ओगट्ने हुॅदा गरीब देशलेWHOमार्फत लिने कि ? मु..सक्यो दैलो देख्यो नहोस!