प्रदेश 1

प्रदेश नं १ मा २७० सङ्क्रमित थपिए

१ मङ्सिर, विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २७० जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ५८८ जनाको पिसिआर परीक्षणमा ९५ महिला र १७५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सङ्क्रमितहरुमा मोरङमा ११२ मध्ये विराटनगरमा ५८, सुनसरीमा ९७, झापामा २९,उदयपुरमा आठ, पाँचथरमा पाँच, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, इलाम र खोटाङमा एक/एक र प्रदेश बाहिरका १४ जना रहेका छन् । सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २४ हजार २० पुगेको मन्त्रालयले जनाएको छ । यसप्रदेशमा आज १९७ जना सङ्क्रमित निको भएका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १८ हजार १२८ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७९ हजार ९३ जनाको पिसिआर परीक्षण गरिएको छ ।