विचार/ब्लग

चारैतिर डरको चपेटामा महिला कहिलेसम्म ?

स्वीकृती पोखरेल / हरेक मानिस पृथ्वीमा जन्मिन्छ, हुर्किन्छ र अन्त्य हुने गर्दछ । ब्रम्हाण्डको जुनसुकै ठाँउमा प्रकृतिमा नै मानिसलगायत हरेक जीव जन्तुहरुको जन्महुने गर्दछ । त्यस्तै मानिस जन्मिनेबित्तिकै पनि जुनसुकै ठाँउमा भएपनि महिला र पुरुष भनेर छुट्याइएको हुन्छ । लिङ्गअनुसार मानिसहरुको भुमिका छुट्याइने गरिन्छ । त्यस्तै हाम्रो समाजमा भन्ने गरिन्छ महिलाले मात्र घरको काम गर्नु पर्छ । बालबच्चा तथा बृद्घहरुको स्याहार सुशार गर्नुपर्दछ ।
२१ औँ सताव्दीमा पनि अपबादबाहेक नेपालको जुन सुकै ग्रमीण क्षेत्रमा पनि महिलालाइ भन्दा पुरुषलाइ बढि राम्रो काममा र महिलालाई चुलोचौको प्राथमिकता दिने गरिन्छ । नेपालमा महिला र पुरुष बीच विभेदको अबस्था अझै पनि रहिरहेको छ । संबिधानले छोरा र छोरी बराबर भनेको भएपनि साँस्कृतीक परम्परा अनुसार छोरा जन्माए स्वर्गको ढोका खुल्छ रे भन्नेलगायतका रुढीबादी परम्पराका कारणले छोरीलाई भन्दा बढि छोरालाई महत्व दिने परम्परा यथावत नै छ । समाजमा छोराको महत्व बढी भएकोलगायतका प्रभाबले धेरै महिलाहरु छोराको आसमा गर्भपतन गर्ने, विभिन्न प्रकारका औषधीको प्रयोग गर्ने गर्दछन् त्यसले गर्दा महिलाहरुमा विभिन्न थरीको रोगहरु आउने गर्दछ ।
भनिन्छ परिवारमा एक महिला शिक्षित भए सबै परिवार नै शिक्षित हुने गर्छन् । तर कतिपय समाजमा भने महिला भनेको अर्काको घर जाने जात हो, शिक्षाको आवश्यक पर्दैन र छोरी मान्छेले घरको धन्दा मात्र गर्नुपर्छ भन्ने मान्यता रहेका कारण महिलाहरु सधै घरकैं मात्र धन्दामा व्यस्त छन्, कुनै सभा, समारोह, सम्मेलनमा उपस्थीत हुन पाएका छैनन् । सामाजिक आर्थिक, शैक्षिक राजनैतीक लगायतका सबै क्षेत्रमा पुरुषको तुलनामा महिलाको पँहुच ज्यादै न्युन रहेको छ । उनीहरुले उचित शिक्षा हासिल गर्ने मौका पाएका छैनन् । लैंगिकताको आधारमा पनि हरेक ठाँउमा महिलाको अवसर कमै देखिन्छ । आफुलाई आत्मनिर्भर, आत्मविश्वास दिलाउन र समग्र देश बिकास गर्ने तर्फ लाग्ने अझैपनि मौका पाएका छैनन् । त्यसै गरि पुरुष सरह महिलाहरु स्वतन्त्र भएर हिँडन पाएका छैनन् । सधैं पाइला पाइलामा परिवार र समाजको त्रासमा हिड्नु परेको छ ।
अझ भन्नुपर्दा नेपालको मधेंश भेग र सुदूरपश्चिममा बलात्कारलगायतका महिला हिंसाका घटना हुने गर्दछन् । गरिवी र अशिक्षा, आर्थिक विपन्नता, छुवाछुत, दाइजो लगायतका कारण महिला हिंसा हुने गरेका समाचारहरु दैनिक पढ्न, सुन्न पाईएको छ । कति छोरी चेलीहरु जिउँदै जल्नु परेको छ, दिनरात कुटपिट सहेर बस्नु परेको छ, परिवारबाट पाउने माया, ममता र स्नेह पाउन सकेका छैनन् महिलाहरु नै बोक्सीको आरोपमा कुटाई खानु परेको छ । यी घटनाहरु सबै पुराना सामाजिक मूल्य मान्यतामा आधारित छन् । महिलाहरु पुरुष सरह रहेर हरेक अधिकारहरुको उपभोग गर्न पाउने व्यवस्था भए पनि विभिन्न किसिमका समस्या र बाधा आइपरिरहेका छन् । समाजमा भनिन्छ पुरुषले गर्ने काम महिलाले गर्न सक्दैन्न् । तर महिलाले औपचारिक शिक्षा पाएर केहि गर्ने अवसर पाए भने पुरुष गर्न सक्ने काम महिलाले पनि गर्ने छन् । तर त्यो अवसर हत्पत महिलाले पाउदैनन् ।
अशिक्षाकै कारणले सुदूरपश्चिम क्षेत्रमा आजसम्म पनि छाउपडी अन्त्य हुन सकेको छैन । पुरानो रितिरिवाजलाई अनुसरण गर्दै महिनावारी हँुदा छोरी चेलीलाई छाउ गोठमा ४÷५ दिन सम्म राख्ने गरिन्छ, स्वास्थ्यको आवश्यक पर्ने वेलामा उनीहरु गाईगोठमा बस्नु पर्ने हुँदा उनीहरुलाइ विभिन्न किसिमका रोगहरु लाग्ने गर्दछ, कीरा फट्ङ्गराको डर जस्ता विभिन्न कष्टहरु झेल्नु पर्ने हुन्छ, कतिपय महिलाहरु छाउगोठमा नै बलात्कृत हुने गरेका छन् । उनीहरुलाई कसैले छुन नहुने, घर वरपर बस्न नहुने यदि बस्यो भने देउता रिसाउने भन्ने जस्ता अन्धबिस्वासको भ्रममा रहेका छन् । महिनावारी भएको बेला विद्यालय जान नहुने जस्ता कुराले बिद्यार्थीहरुलाई समेत यो प्रथाले नकारात्मक प्रभाब परिरहेको छ र यो प्रथा बर्तमानमा मात्र नभई भविष्यमा पनि सिमित रहन सक्छ ।
अशिक्षाका कारणले नै प्रायः ग्रामीण भेगमा दैनीक बालीकाहरु बल्त्कृत भएको समाचार रेडियो, टेलिभिजन, पत्रपत्रीका तथा सामाजिक सञ्जालमा आउने गरेको छ । बोली पनि नफुटेका नाबालीका, अपाङ्ग, अशक्त, बृद्घ र सुत्केरी समेत समाजमा बलतकृत भएका छन् । यस्तौ कंञ्चनपुरकी १३ बर्षीय बालीका नीर्मला पन्तको पनि आज भन्दा २ बर्ष पहिले बलत्कार पछि हत्या गरी ऊखु बारीमा फालिएको थियो । जुन घटनाको छानविन, दोषी पत्ता र कारबाही आज सम्म पनि भएको छैन । निर्मला हत्या पश्चात बैतडीकी १२ बर्षिय सम्झना बी.क को पनि बलात्कार पछि हत्या भएको थियो । यस्ता घटनाका सुन्दा सबै बुबा आमाले सोच्ने गर्दछन् छोरीलाई जन्म दिनु हाम्रो पाप हो ! नेपालमा यसौ गरि दिनप्रती दिन यस्ता घटनाहरु दोहोरी रहेको छ । यस्ता घटनाहरु प्राय जसो सुदुरपश्चिम र मधेशी भेगहरुमा घटी रहेको छ । यस्ता घटनाहरु दिन प्रतीदिन समाजमा दोहोरीदा पनि सरकार मैन रहेको छ । बलात्कार र हतया गर्ने जस्तो अन्तर्राष्ट्रिय अपराधीलाई कुनै पनि कडा सजाय हुन सकेको छैन । यस्ता घटनाहरु घटाउनेलाई मृत्यु दण्डको सजाय हुन आवस्यक छ भनी धेरै पक्षबाट माग भई आएपनि उक्त कानून बनाउन सम्बनध्ीतले पहल गर्नसम्म सकेका छैनन् ।
त्यस्तै बलात्कार जस्तै चेलीवेटी बेचविखनका घटनाहरु पनि बढ्दो संख्यामा रहेको पाइएको छ । जुन अशिक्षा र गरिवीको कारणले हुने गर्दछन् । यस्ता घटनाहरु प्रायः आफ्नै घर परिवार र छरछीमेकका मानिसहरुबाट हुन्छन् भने कति टोल बाहिरका मानिसहरुबाट पनि घटिरहेको छ । कतै छोरी चेली रोजगारका लागि बिदेशीएका हुन्छन् भने उनीहरुलाई पैसाको लागि बिदेश वा भारत लगि गाई बस्तुलाइ जसरी पैसामा किन बेच गर्ने गर्दछन् भने कतै यौनजन्य क्रियाकलापमा संलग्न भई दुःखी जीवन ज्युन वाध्य भएका छन् ।
हाल आएर कति ठाँउहरुमा मानिस शिक्षित हुँदा हुँदै पनि धन सम्पतीका लागि, कसैको प्रगतिको लोभले सहित हत्या गरेको सुनिन्छ । केहि समय अगाडी हेटौंडाको सुस्मीता हत्याकाण्डमा आफ्नै ससुरा तथा घर परिवार मिलेर सम्पतीको लोभले सिलौटोले कीचेर र रडले कुटेर मारेका थिए । जुन घटनाले देशकै छोरी, बुहारीहरु त्रसित भएका छन् । प्रेम प्रस्ताव अस्वीकार गर्दा बाटो हिँड्दा हिँड्दै एसीड आक्रमण गरेका छन् । पारिवारीक द्वन्दका कारण परिवारका सदस्यलाई कुट्पीट गर्ने, मार्ने, अपहरण गर्ने जस्ता घटनाहरु दैनिक घटिरहेको छ । यस्ता घटनाले गर्दा घरबाट निस्कन समेत डराउनु पर्ने अवस्था भई रहेकोछ ।
यसैका कारण पनि ग्रामीण भेगमा छोरीलाई साँझ परे पछि घरबाट बाहिर निस्किनु हुँदैन, गाँउ गाँउमा छोटा छोटा लुगा लगाउनु हँुदैन यही छोटो लुगाका कारणले नै गाँउ समाजमा बलत्कार हुने गर्दछ भन्ने चलन रहेको छ । तर समाजमा भने बोलीपनी नफुटेका नाबालीकाहरु समेत बलत्कृत भएका छन् । समाजका भनाइ अनुसार किशोराब्स्थाका महिला त छोटा लुगा लगाएर बलत्कृत भए तर नाबालीका बलत्कृत हुनुको कारण चाहिँ के हो ?
नेपालको धेरै ठाँउमा किशोराबस्थामा प्रवेश गरेका युबा तथा पुरुष मदिरा सेवन प्रयोग गरि गाँउका छोरीचेलीहरु माथी नकारात्मक दृष्टीले हेर्ने गर्दछन् । यस्ता कारणले पनि धेरै ठाँउमा बलात्कारका घटना हुने गर्दछ ।
यस्ता घटनाहरु रोक्न ठाँउ ठाँउमा गएर आवश्यक औपचारिक र अनौपचारिक शिक्षा प्रदान गर्न आवश्यक छ । कुनै पनि सामाजिक समारोहमा महिलालाई पनि उपस्थित गराउने, महिनाबारी वा सुत्केरी भएको अवस्थामा सरसफाईमा कसरी ध्यान दिने, कस्तो खाल्को खाना खाने भन्ने कुराको जानकारी दिने, साना साना बालबालीकालाई उचित वातातवरण सृजना गर्ने, छोरा छोरी दुबै एकै हुन् भन्ने कुराको धारणा राख्ने, छोरा छोरी दुबैलाई नियमित बिद्यालय पठाउने, भविश्यमा छोराले मात्र होइन छोरीले पनि केहि गरेर अगाडी बढ्न सक्छन् भन्ने कुरा मनन् गर्ने, मदिरा जन्य पदार्थहरुको उधोग बन्ध गर्ने, नेपालमा गलत गर्नेलाई कडा भन्दा कडा कारवाहीको ब्यवस्था गर्ने जस्ता कार्यहरु भएमा चाँडो भन्दा चाँडो समाजमा महिलाहरुको जीबन परिवर्तन हुन्थ्यो । कुनै पनि महिलाहरुले गलत सामाजिक दवाब सहनु पर्दैन थियो । कुनै पनि किशोरी तथा बालबालीकाले अकालमै ज्यान गुमाउनु पर्दैन थियो । कसैले पनि उज्वल भविश्यबाट बञ्चित हुनुपर्ने थिएन । सरकारले त्यसका लागि तत्काल पहल गर्न जरुरी देखिएको छ ।