गण्डकी प्रदेश

पत्रकार किशोर नेपाल भन्छन्, ‘प्रचण्डका कुरा सही छन्, अब चैं केही हुन्छ’

३० कात्तिक, काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालले प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा आफनो कुरा बडो स्पष्टताका साथ राखेको विचार ब्यक्त गरेका छन् । उनले नेकपामा अब चैं केही हुने अनुमान गर्दै भनेका छन्, ‘के हुन्छ होइन, अब केही हुन्छ कि ?’ उनले प्रश्न गर्दै चासो ब्यक्त गरेका छन्, ‘के भन्छन प्रचण्ड ? मानसिक पीडा र अपमानको भरपाइ त हुँदैन क्या रे !’
ट्वीट गर्दै उनले भनेका छन्, ‘सरल भाषा, कठोर अभिब्यक्ति । कम्युनिष्ट जार्गोनको प्रयोग नगण्य । प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा आफनो कुरा बडो स्पष्टताका साथ राखी दिएका छन । के हुन्छ होइन, अब केही हुन्छ कि ?
पोष्टस्क्रिप्ट – के भन्छन प्रचण्ड ? मानसिक पीडा र अपमानको भरपाइ त हुँदैन क्या रे !’