बाग्मती

तारकेश्वरको मानसिंह मावि भवन शिलान्यास

३० कात्तिक, तारकेश्वर । तारकेश्वर नगरपालिका वडा नं १० स्थित मानसिंह धर्म माध्यमिक विद्यालयको चारकोठे भवन शिलान्यास गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण आयोजना कार्यान्वयन एकाइको रु ७० लाखको लागतमा निर्माण हुने उक्त भवनको शनिबार नगरपालिका प्रमुख रामेश्वर बोहराले शिलान्यास गर्ने क्रममा प्रमुख विद्यालयको इतिहासलाई मर्न दिन नहुने बताउँदै भोलिका दिनमा पनि अझै राम्रो गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे ।
वडाध्यक्ष अमृत थापाले विद्यालय भवन बनेपछि विद्यार्थीको चाप थेग्न सहज हुने बताए ।