राजनीति

प्रचण्डका १० राष्ट्रघाती कदमका प्रमाणसहित यसरी उत्रिए नेकपा युवा नेता आचार्य

रमेश आचार्य/ कमरेड तिहार मनाउन हिजो गाउँ आको छिमेकीहरुलेहरुले निम्न प्रश्न सोधे यि पश्नको उत्तर एउटै शब्दमा हुन्छ रे १ हिजो देखि आज सम्म त्यो उत्तर पत्ता लगाउन नसकेर फेसबुक मार्फत तपाईंहरुलाई सोध्न बाध्य भएको छु । अन्यथा नलिई उत्तर दिनुहोला ।
प्रश्नहरुः
(१) अनाहकमा १७ हजार नेपाली आमाका छोराछोरीलाई कत्लेआम बनाउने कथित जनयुद्धको नेतृत्व गर्ने मुख्य व्यक्ति को हुन् ?
(२) बहुभाषा,बहुधर्म,बहुसाँस्कृति तथा प्राकृतिक विविधता युक्त अनेकतामा एकताको विशेषतामा बसेको नेपाली समाजलाई विदेशी सँग सापटी लिएर जाती, भाषा, धर्म र भुगोलको नाममा नेपाललाई टुक्राउन खोज्ने मुख्य व्यक्ति को हुन् ?
(३) क्यान्टोनमेन्टमा रहेका जनमुक्ति सेनाको नाममा राज्यबाट वितरण गरिएको अरबौ रकमको हिनामिना गर्ने मुख्य व्यक्ति को हुन् ?
(४) गणतन्त्रबाट प्राप्त सत्तामा अफ्नै घरपरिवार र ईष्टमित्रहरु (भाईलाई वाग्मती प्रदेश पार्टी कमिटीको अध्यक्ष, बुहारीलाई संघीय मन्त्री, एउटा छोरीलाई महानगरपालीकाको मेयर, अर्को छोरीलाई आफ्नै स्वकीय सचिव, एउटा ज्वाईंलाई उपराष्ट्रपतिको विशेष सल्लाहकार, अर्को ज्वाईंलाई संघीय संसद सभामुखको स्वकीय सचिव, फेरि अर्को ज्वाईंलाई महानगरपालिका मेयरको विशेष सल्लाहकार र भतिजा आफ्नै पुर्व स्वकीय सचिव) लाई भर्ती गर्ने मुख व्यक्ति को हुन् ?
(५) आफ्नै पार्टी पहिलो संविधानसभाको निर्वाचनबाट सबैभन्दा ठूलो हुँदा र त्यस पार्टीको अध्यक्ष तथा मुलुकको प्रधानमन्त्री आफै हुँदा पनि संविधान बनाउन नसकी संविधानसभालाई विघटन गराउने मुख्य व्यक्ति को हुन् ?
(६) आफुमा सच्चा कम्युनिष्ट र गणतन्त्रवादी को उपमा भिराउन कोशिश गर्ने तर जनविश्वास र जनसमर्थन भन्दा डर,त्रास ,धम्की, जाल, झेल र षड्यन्त्रलाई आफ्नो राजनीतिक सफलताको सुत्र अपनाउने मुख्य व्यक्ति को हुन् ?
(७) नेपाली नेताहरुमा आफ्नो पार्टीले गरेको निर्णय र आफुले गरेको प्रतिबद्धतामा केही समयपनि टिक्न नसक्ने अस्थिर चरित्रको मुख्य नेता को हुन् ?
(८) अतृप्त आकांक्षा र कब्जाको नीति लिई आफ्नै पार्टीको सरकार विरुद्ध विभिन्न पक्षहरु (आफ्नै पार्टीका नेता, पत्रकारीता, विदेशी, राजावादी, विप्लव, नागरिक समाज, विपक्ष पार्टी लगायत) सँग साँठगाँठ गरि सरकार ढाल्न सक्रिय मुख्य व्यक्ति को हुन् ?
(९) नेकपालाई जनआधारीत, लोकप्रिय र ठुलो बनाउने भन्दा व्यापारीक , अलोकप्रिय र सिखण्डी बनाउन उद्दत मुख नेता को हुन् ?
(१०) शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको बैधानिक राजनीतिक प्रणाली सँग मीत लगाएजस्तो गरि उक्त बाटोलाई ध्वस्त बनाउन उद्दत मुख व्यक्ति को हुन् ?
माथिका मुख्य यी प्रश्नहरुको सहि जवाफ जतिसक्दो नेपाली जनतालाई थाहा दिन सको त्यति धेरै नेकपा र मुलुकको हित हुनेछ ।

(नेता आचार्य राष्ट्रिय युवा संघ, नेपाल, केन्द्रीय कमिटी सदस्य हुन्)