मनोरञ्जन

११ दिनपछि कोरोना जितेका मनोज गजुरेलले दशौं हजार समर्थकसहित एपीएफलाई दिए धन्यबाद

३० कात्तिक, काठमाडौं । बरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना मुक्त भएर घर फकिएका छन् । उनी ११ दिनको एपीएफ अस्पताल बसाईपछि कोरोना रिपोर्ट नेगेटिभ आएपछि घर फकिएका हुन् । बिश्वब्यापी कोरोना महामारीका कारण दुई लाख भन्दा बढी नेपालीहरु कोरोना संक्रमणको शिकार भईसकेका छन् भने १२ सय भन्दा बढीको कोरोनाका कारण निधन भएको स्वास्थ्य मन्त्रालयको रेकर्ड छ । दशौं हजार दर्शकका लोकप्रीय कलाकार गजुरेलका समर्थकहरुले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । उनले पनि एपीएफ अस्पताललगायतलाई धन्यबाद दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्यवाद तथा आभार, ११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु । यस क्रमममा अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमनदेखी नै धन्यवाद, सकेसम्म यो महमारीबाट आफू जोगिऔं । अरुलाई पनि जोगाऔं
। दिपावलीको सबैलाई शुभकामना ।’