राजनीति

प्रचण्डले बाँडेको अराजनीतिक प्रस्ताव फिर्ता नभए नेकपाका कुनैपनि बैठक बस्दैनन्ः सल्लाहकार थापा

२९ कात्तिक, काठमाडौं । नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेश सल्लाहकार सुर्य थापाले अर्का अध्यक्ष पुष्पकमल दहालको एकतर्फी रुपमा दर्ता भएको प्रस्ताव फिर्ता नभएसम्म नेकपाका कुनै पनि तहका बैठक सम्पन्न हुन नसक्ने बताएका छन् । नेकपाका युवा नेतासमेत रहेका थापाले सामाजिक सञ्जाल फेसबुकमा लोख्दै भनेका छन्, ‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो ।’ सल्लाहकार थापाले पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन भएको ठोकुवा गरेका छन् । नेता थापाले यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ भन्ने बिचार राखेका छन् ।
अध्यक्ष ओली र दहालबीचको बिबादका बेला ओली निकट रहेका प्रखर ब्यक्तीसमेत रहेका सुर्य थापाको भनाई नेकपामा अर्थपूर्ण मानिन्छ ।
सल्लाहकार सुर्य थापाको ट्वीटः अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो ।
यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।