विचार/ब्लग

नाताबाद, कृपावाद र भ्रष्टाचारको जनस्तरको बिरोध जरुरी

प्रा. डा. नृसिह कुमार खत्री/ वी पी कोइरालालाले आपनो जेल जरनलमा लेखेकाछन कि “मलाई लाग्दछकि भारतीय संस्कृतिको सवैभन्दा ठूलो दोष कप्टाचारको प्रोत्साहन हो । भारतीयहरु बडो ढोगी हुन्छन् । त्यसैले भारतीयहरु खुला हृदयका हुन नसकेकाले आपनो आचरणबाट विदेशमा राम्रो प्रभाव पार्न सकेका छैनन् । –जेल जरनल पृ. २०१० नेपाल लगायत दक्षिणपूर्वी एशियामा व्राम्हणको दर्प हावी छ, जसले सवै क्षेत्रमा यस्तो प्रभाव दिएको छ कि त्यसलाई उछिनेर जाने पनि नेपालका अरु जात तथा जातिमा क्षमता र शीप छैन, त्यो जातको प्रवृत्ति राज्य व्यवस्थामा स्वार्थी, अवसरवादी, सत्तामा सुख सुविधा गर्ने, लोलुप भयो भने त्यसले राज्य व्यवस्थालाई सधै विफलता तथा वदनाम वनाउदछ भन्ने उनको विश्लेषण थियो । त्यसले  मिहीनतालाई चरित्रको गुण मानेको छैन वरु महानतालाई मात्र मानेको छ । राजनीति गरेपछि महान बन्नै पर्ने, महान बनेकाले आफन्त नाताकालाई विना क्षमता, शीप गुण र प्रतिभापनि पद प्रतिष्ठा भागवण्डा गरी दिनै पर्ने, यो प्रचलन रहेको छ । क्षमता, शीप गुण र प्रतिभा विना मिहीनेतले पाएको पदमा रहनेले भ्रष्टाचार गर्ने, कमाउने, श्रोत र साधनको वर्वादी गर्नु वाहेक अरु के गरुन ? संस्कारगतरुपमा ब्राम्हण बर्गले ज्ञान तथा अध्ययन अध्यापननै पेशा अपनाएको वर्गले शिक्षा दीक्षा लिएपछि प्रशासन, राजनीति न्याय, शिक्षण तथा चेतनशील कार्यक्षेत्रमा उनीहरुको वाहुल्यता अग्रणी हुनु स्वभाविकै छ । त्यो जातको व्यवशाय संस्कारगतरुपमा पुरोहित कर्ममा जोडिएकालेपनि त्यसले सामाजिक सास्कृतिक संरचनामा ठूलो राजनीतिक प्रभाव दिन्छ । यसलाई शोसियो कल्चरल पोलिटिक्स एण्ड इम्प्याक्ट मान्न सकिन्छ । कर्मकाण्ड, संस्कार तथा पुजा आजा गर्दा गर्दैपनि राजनीतिक विषय थालनी गरी यो यो असल वा खराव भन्ने चर्चा गर्दापनि त्यसले आम पुरोहित वर्गले यजमानहरुमा प्रभाव दिन सक्दछ । त्यसकारण पनि वी पीले धेरै फरक मत वानी व्यहोरा भएतापनि किशुन जी लाई धेरै मान सम्मान गरेको थिए, किनभने उनी दर्परहित, त्यागी, सन्त तथा नेपालमानै वसेर राजनीति परिवर्तन ल्याउन सकिन्छ भन्नेमा अडिएका थिए, यसका वारेमा वी पी लेख्छन “राजालाई विन्तिपत्र दिएर जलेबाट छुटून भन्ने दाजु गोपाल प्रसाद भट्टराईलाई जवाफमा किशुन जी ले भन्नु भएछकि “म आपनो मर्यादा र स्वाभीमानको विरुद्धमा केही गर्न सक्दिन । न म अरु साथिहरुलाईनै उनीहरुको स्वाभीमानको विरुद्ध केही सल्लाह दिन सक्दछु । (जेल जरनल, पृ ८५) । यो कुराले देखिन्छ कि महान त्याग, सेवा, निष्ठा र नैतिकताको भावनाका धनी सन्त नेतालाई भट्टराई २०४८ र २०५१ को निर्वाचनमा भारतीय लवीका चलखेलका कारणले पराजित हुनु भएको थियो । अनि जो जसलाई जिताइयो, त्यो पनि भारतकै ‘रअ’ को लगानीबाट हुर्काइएको थियो । पछि उनीहरुलेनै उखेलेको भन्ने हालपनि सामाजिक सन्जालमा ऐतिहासिक तथ्य आएको छ । सि पि मैनाली जी ले पनि उनीहरुले हेटौडा वैठकमा अकश्मात वहिष्कारको कुरा उठेको भन्ने अन्तरवार्तामा दिएका छन भने दाशढुँगाको घटनाको भोलिपल्टै त्यसवेलानै वी पी को जेष्ठ छोरा प्रकाश जी ले यो रहश्योदघाटन गरेकोले उनलाई पार्टीले ३ महिनाकालागि सदश्यता वाटपनि निष्काशन गरेको नाटकपनि गरिएको थियो । यी घटनाहरुको श्रखलालाई हामीले विचार विश्लेषण गरी हेरी नेपालमा राजनीतिक स्थिरता शान्ति हुन नदिने विदेशी तत्व पहिचान गर्न जरुरी देखिन्छ । त्यो दक्षिण पट्टीको छिमेकी मित्र राष्ट्रनै हो भन्ने विवाद रहित छ । त्यो कुरालाई आजका दिनमा सवै नेपाली साथिभाईहरुले जान्न मान्न अति आवश्यक छ ।
कमिनिष्टहरुलाई वी पी ले उहाँहरु पुर्वाग्रह वोकेको पोको भनेका छन, उनीहरुको मन्तव्य उत्तर अनि गन्तव्य दक्षिण पट्टी रहको छ तर जहाँ जुनवेला जो पार्टी विभिन्न कारणबाट विवादमा आएर टुटे फुटे वा चोइटिइएको छन, तिनीहरु यस्तै ब्राम्हणको दर्प वा प्रवृत्तिको दर्पबाट विभाजित भएका हुन भन्ने देखिन्छ । २०३६ सालको जनमतका समयमा पनि यही कारणबाट त्यसवेलाको माले तथा मशाल लगायतका समूहहरुले पन्चायतलाई मत हालेका थिए । अशोक राई फुटेकोले के कमिनिष्ट विचारमा प्रभाव दियो त ? तर हालको नेताहरु विभाजित भएमा त्यसले राष्ट्रिय राजनीतिमा अवश्यमेव प्रभाव दिने छ , किनभने यसले वर्गको प्रतिनिधित्व गर्दछ ।
दोश्रो कुरा त्यसवेलामा जो जो कमिनिष्ट थिए र तिनीहरुको कहिले कमिनिष्ट भएर अशान्ति मच्चाएर विरोध गर्ने कहिले, राजासंग मिलेर प्रजातन्त्रवादीहरु विरुद्ध घात प्रहार गर्ने भएकोले पनि वी पी ले कमिनिष्टहरु भनेका “आग्रह तथा पूर्वाग्रहका पोको बोकेर हिडनेहरुको जमात हो, विचार वोक्ने होइन, यो पोको आपनो अनुकुल भएको वेलामा फुकाएर छरपस्ट गरी दिन्छन र संगठीत शक्तिलाईपनि वर्वाद गरी दिन्छन भनेका छन । त्यसबाट गर्न खोजिएको असल काम पनि भताभुङ्ग भइदिन्छ । हाल नेपालमा यही भइरहेको पाइन्छ, ।
विदेशीको पहूँच र अन्तरप्रभाव आउने वित्तिकै सत्तारुढ दलमा भाँडभैलो मच्चिएको देखिन्छ तर हामी हार्दिक शुभकामना व्यक्ति गरौकि यो वेलामा नेपाल कमिनिष्टि पार्टी, जो हाल शक्ति तथा सत्तामा रहेको छ, जनताको वहुमत पाएर वनेको यो सरकार पुरा ५ वर्ष चलोश । यो विभाजित भएर शासन सत्ता विफलता गराउने वेला होइन । माथिको विश्लेषणबाट सवै नेताहरुले पाठ सिकेर काम गर्नु होस सत्ताँरुढ दल विभाजन नहोस । सरकारले लिएका आगामी कार्य र कदमहरु सफल हुन तर दलीय कारण, व्यक्तिवाद, नाता कृपावाद तथा भ्रष्टाचारको भने नेपाल जनताहरुले सक्दो विरोध तथा आलोचना गर्न भने सक्नु पर्दछ । सरकारपनि जनताको आवाजलाई सम्वोधन गर्न उत्साहीत हुन पर्दछ आलोचना भएको सत्य तथ्यको विषयान्तर गर्ने होइन, तवमात्र देश तथा जनताहरुले राहत पाउने देखिन्छन । शासन व्यवस्थाको प्रणाली विकास हुन जाने छ ।