विचार/ब्लग

प्रचण्डले भोग्दैछन्, काँग्रेस र देउवालाई दिएको धोकाको पापको परीणाम

बाबुराम आचार्य/ नेकपाको बिबाद सतहमा आएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहालले एकअर्काबीच लिखित बक्तव्यबाजी नै भएको छ । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले अध्यक्ष दहालसँगको सहमतीमा नै राजदूतहरु नियुक्त गरेको, मन्त्रीपरिषद पुनःगठन गरेकोलगायतका निर्णयहरु गरेको बक्तव्य दिएका छन् भने ओलीले अध्यक्ष दहाललाई गुटबन्दी गरेर नेकपालाई बर्बादितर्फ धकेलेको आरोप लगाएका छन् ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लगाएका बिभन्न कुरामा अध्यक्ष दहालले ओलीले जाली र झुट कुरा गरेको प्रतिकृया दिएका छन् । ओलीले गृहमन्त्री र रक्षामन्त्रीलाई बर्खास्तगी गर्न गरेर अध्यक्ष दहालले भनेको आग्रहलाई आफूले इन्कार गरेको आरोप लगाएका बेला अध्यक्ष दहालले आफूले बादललाई उपप्रधानमन्त्री बनाउन र इश्वर पोख्रेल र प्रदीप ज्ञवालीलाई मन्त्रालयको जिम्मेवारीमा निरन्तरता दिनुपर्ने बताएको स्पष्ट गरेका छन् ।
पछिल्लो समय नेकपाका दुई अध्यक्षबीचको बिबाद सतहसम्म आएपछि राजनीतिमा भएका गोप्य सहमतिमा शंका उत्पन्न हुने सम्भावना बलिया भएको पुष्टी हुन्छ । अध्यक्ष दहाल र ओली को गल्ती हुन् को सही हुन् त्यो फरक हो तर दुई उच्च नेतृत्वबीचको लिखित बिबादले मौखिक बिबादमा एकले अर्कालाई बिश्वनस गर्ने अवस्था नदेखेपछि एकअर्का गाली गलौजमा लागेको देखिन्छ ।
नेकपा माओबादी केन्द्रलाई स्थानीय तहमा नेपाली काँग्रेससंग सहकार्य गरेर निर्बाचनमा होमिएका अध्यक्ष दहालले प्रदेश र प्रतिनिधि सभा निर्बाचनमा नेकपा एमालेसँग पार्टीएकता गर्नेसमेतको सहमती गर्दै निर्बाचनमा होमीएको थियो । उक्त यिनर्बाचनमा झण्डै दुईतिहाई मत हाँशिल गरेर नेपाली काँग्रेसलाई सातै प्रदेश र संघमा सानो संख्यामा खुम्च्यिाउन सफल भएका दुई पार्टी एकीकरणको अन्तिम चरणमा आउँदा एमाले र माओबादी केन्द्र मिलाएर नेकपा नामको ठूलो पार्टी बनाएको बाहेक कुनै काम गर्न सकेनन् ।
२५ बर्ष अगाडी तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री सरकारले आफ्नो नौ महिले सरकारका समयमा राखेको नेपालको जनतासँग कम्युनिष्टको सम्बन्धको प्रतिष्ठा पछिल्लो समय कम्युनिष्ट पार्टीका अध्यक्षद्वय ओली र दहालले मेटाए मेटाए, यसका अलवा राजनीतिमा हुनुपर्ने सामान्य संस्कारसमेत माटोमा मिलाए । राजनीति आफैंमा घिनलाग्दो खेलको रुपमा लिईन्छ तर घिनलाग्दो रुपमा लिईने आची वा बुद्धि नभएको रुपम ालिईने पशुको पनि बाँध्ने स्थान र आची फाल्ने स्थान हुन्छ । जरीसुकै नराम्रो कुराको पनि एउटा सीमा हुन्छ, अध्यक्ष ओली र दहालले राजनीति र एउटा मुलुकको सबैभन्दा ठूलो राजनीतिक दलको इज्जत माटोमा मिलाएका छन् ।
अध्यक्षद्वय दहाल र ओलीले किन मिलाए त पार्टी र देशभरका दशौं हजार कम्युनिष्ट कार्यकर्ताको ईज्जत ? सोझो कुरा छ, अध्यक्ष दहाल प्रधानमन्त्री वा नेकपाको शक्तीसाली अध्यक्ष चाहन्छन्, प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष र प्रधानमन्त्री छाड्न चाहाँदैनन् । दुई अध्यक्षको मुख्य बिबादमा सचिवालय अध्यक्ष दहाल बहुमत र ओली अल्पमतसहित दुई ध्रवका स्पष्ट बिभाजन भएको छ भने स्थायी समिति, केन्द्रीय समिति, सं्रसदीय दलमा पनि स्पष्ट बिभाजन देखिन्छ । प्रधानमन्त्रीले आआफ्नो बाटो लागौं अब एमाले र माओबादी केन्द्र दुबै एकै स्थानमा बस्न नसकिने भो भनेर अध्यक्ष दहाललाई भनेको भन्ने कुरा प्रधानमन्त्रीले भन्दै नभनेको भनेका छन् । अध्यक्ष दहाललाई सचिवालय सदस्य बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामदेब गौतम र प्रवक्रा नारायणकाज्ी श्रेष्ठले साथ दिएका छन् भने प्रधानमन्त्री ओलीलाई इश्वर पोख्रेल र बिष्णु पौडेलले साथ दिएका छन् । गृहमन्त्री रामबहादुर थापा पछिल्लो समय प्रधानमन्त्री ओलीसँग नजिक देखिएका भएपनि उनी अध्यक्ष दहाल नजिक नै रहने नेकपा स्रोतको दाबी छ ।
नेकपाको बिबादले नेकपा फुटको संघारमा भएको भनिएपनि नेकपाको बिबाद उत्कर्शमा पुगेको छ तर फुट्नै संकेत भने केही देखिएको छैन । नेकपाको बिबादले उतकर्श रुप लिएको भएपनि नेकपाका दोस्रो र तेस्रो पुस्ताका नेताहरु पर्टी एक बनाउनेलगायतका बिषयमा चुं पनि बोल्न सकेका छनैन् । पार्टीको अनुशासन आयोग छ त्यसले पनि पार्टी एकीकरणको बिषयमा एकरती पनि प्रभावकारी भूमिका खेल्न सकेको छैन ।
नेकपाको बिबादले केही महिना अगाडी बिबाद मिलाउन ब्यस्त रहेकी चिनीयाँ राजदूत के गर्दैछिन् त्यो औपचारीक जानकारीम नआएपनि उनी पनि नेकपाका पछिल्ला गतिबिधि देखेर वाक्क भएको अनुमान लगाउन सकिन्छ । बुद्धिजीवी खगेन्द्र संग्रौला, बरिष्ठ पत्रकार किशोर नेपाललगायतले नेकपाको पछिल्ला गतिबिधिको कडा आलोचना गरिसकेका छन् । प्रमुख प्रतिपक्षी नेपाल काँग्रेसले भने नेकपाका आन्तरिक बिबादका कारण मुलुकको स्थायीत्वलाई अशर पर्नुनहुने भनेको भएपनि उक्त नेकपा बिबादलाई आन्तरिकको संज्ञा दिएको छ । सर्बहारा बर्गको नेतृत्व गर्ने कशम खाएका नेपालका ककम्युनिष्टहरुले पदको लोभमा लागेर पार्टीलाई ध्वस्त गरेको, भ्रष्टाचारमा लिप्त हुँदा पनि निवारणका लागि प्रयाससमेत नगरेको आरोप सर्बसाधारणलेसमेत लगाईरहेका बेला पदमा बसेका प्रधानमन्त्री पदले मातिएको जस्तेगरी कसैको कुरा नसुनी अग्राएर बसिरहेका छन् भने अध्यक्ष दहाललगायतको समूह पद नपाएर पानीबिनाको माछा झैं भौतारिएको देखिन्छ । स्थायीत्व नै चाहने हो भने अध्यक्ष दहालले आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्न खेल खेल्नु अराजनीतिक कदम हो, अर्कातिर आफूलाई प्रधानमन्त्रीमात्र नभएर शक्तीसाली प्रधानमन्त्री बन्न अहम भूमिका खेल्ने अध्यक्ष दहाल, बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललगायतलाई राजनीतिक ब्यक्तीकै रुपमा नगनी एकलौटी निर्णय गर्दै पार्टीलाई संस्थागत रुपमा चलाउन नसक्नु अध्यक्षसमेत रहेका प्रधामनमन्त्री ओलीको हो ।
नेकपाको बिबाद एउटा मुलुकमा अहिलेसम्म नै शबैभन्दा शक्तीसाली कम्युनिष्ट सरकारको उपहास गरेको छ । बिबादले कम्युनिष्टहरु सत्तामा पुगे भने प्रतिपक्षी दल नेपाल्ी काँग्रेसलगायतका दलभन्दा धेरै गुणा नै लालची, क्षमताबिहीन, भ्रष्ट हो भन्ने पुष्टी गरेको छ । नेकपाले ओली नेतृत्वको सरकार बनाएर झण्डै दुईतिहाईको शक्ती संचय गर्दा मुलुकको काँचुली नै फेर्ने हो कि भन्ने राजनीतिकबृतमा हल्ला थियो । अध्यक्ष ओलीले रेल र पानीजहाजको कुरा गर्न हाँसोमा उडाउनेहरु पनि सरकारले काम गर्छ कि भन्ने शंका गरेका समाचारहरु बिश्वभर बस्ने नेपालीहरुले बढेका थियौं । तर बिडम्बना रेल र पानीजहाजको सपना त दिवास्व्प्न नै भयो अब नेताहरु जनतालाई जालै लाग्नेगरी अराजनीतिक भाषामा गाली गलौजमा उत्रिन थालेपछि नेकपाका ईमान्दार कार्यकर्ता भने नेतृत्वदेखी दिक्क भएको चियापसलमा बताउन थालेका छन् ।
अनि चिया पसलमा अब कुनै दिन बरु नेपाली काँग्रेस र शेरबहादुर देउवा नै ठीक रछन्, एमालेको काम छैन भनेर अध्यक्ष दहालले सार्बजनिक रुपमा भन्ने कुरा पनि चियापसलमा सुन्न थालिएको छ । नेकपा फुट्ला नफुट्ला, त्यो फरक कुरा हो अहिलेका जगालीगलौजहरु ब्रु नेकपा फुटेको भए बन्द हुन्थे होला । काँग्रेस सभापति शेरबहादुर देउवाले पनि स्थानीय तहको निर्बाचनमा अध्यक्ष दहालकी सुुपुत्री रेणु दहाललाई जिताउन काँग्रेस नै धरौटीमा राख्दा काँँग्रेसको पछिल्लो समयमा भएको यो हालतको बारेमा सम्झिरहेका होलान् र उनले कुनैपनि राजनीतिक दलसंग सहकार्य गर्दा अब सम्झिएरमात्र गर्लान्, फेरि धोका नहुनेगरी गर्लान् त्यो फरक कुरा हो तर अध्यक्ष दहालले भित्रभित्रै बरु देउवा नै ठीक भनेको भने उनको अनुहारबाटै स्पष्गट हुन्छ । अध्यक्ष दहालले देउवासंगको सहकार्य छाडेर एमालेसँग लाग्दा देउवाको बिरोधका स्वर एक शब्द पनि निकालेनन् तर नेकपाका अध्यक्ष नै भईरहँदा पनि उनले अर्का अध्यक्ष ओलीसँग उकुशमुकुश भएका बिरोधका स्वर छताछुल्ल बनाएका छन् । देउवाले नेकपा फुट्यो वा अध्यक्ष दहालले अर्का कम्युनिष्टसंग सहकार्य गर्छन वा गर्दैनन् त्यो फरक कुरा हो । अर्कोथरीले काँग्रेस र शेरबहादुरसँग सहकार्य गरेर हिँडेका बेला थपक्क निकै नेपालमा कम्युनिष्टलाई एक पार्दै सबै कम्युनिष्टको नेतृत्व गर्छु भनी ठाूला कुरा गर्दा काँग्रेस सभापति देउवाको पाप कराएको रुपमासमेत बुझेको चियापसलका छलफलमा सुनन थलिएको छ । देउवाले अध्यक्ष दहाल पुत्री रेणु दहाललाई भरुतपुर महानगरको मेयरमा विजय गराएका थिए । अन्य धेरै सहकार्यमा साथ दिएका देउवालाई पछि अध्यक्ष दहालले धोका दिएका थिए ।