कर्णाली प्रदेश

९५ लाख लगानीको नमूना फुटसल निर्माण

२६ कार्तिक, खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिका–५ मा रु ९५ लाख लगानीको नमूना फुटसल निर्माण गरिएको छ । कर्णालीकै दोस्रो तथा ठूलो फुटसल जुम्लामा निर्माण गरिएको छ । तीनजना व्यक्तिको निजी लगानीमा कर्णालीकै ठूलो फुटसल निर्माण गरिएको हो । अखिल नेपाल फुटबल सङ्घ९एन्फा०का केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष उपेन्द्रमान सिंहको उपस्थितिमा फुटसल बुधबार उद्घाटन गरिएको हो ।
चन्दननाथ नगरपालिका—५ निवासी निर्पराज भारती, प्रमोद शाही र प्रकाश शाहीको रु ९५ लाख संयुक्त लगानीमा फुट्सल निर्माण गरिएको सञ्चालक प्रकाश शाहीले बताए । उनले भने, “दुई वर्ष पहिलको पूर्व तयारीअनुसार फुटसल निर्माण गरेका हौँ । जुम्लालाई स्पोर्ट हबका रुपमा विकास गर्ने योजनासहित फुटसल सञ्चालन निर्माण गरेका छौँ ।”
जुम्लामा फुटसलको राम्रो भविष्य देखेकै कारण निर्माण गरेको सञ्चालक निर्पराज भारतीले बताए । पानी, शौचालय, चमेना गृहसहित अत्याधुनिक प्रविधि प्रयोग गरेर नमुना फुटसल निर्माण भएको छ । एन्फाका केन्द्रीय अध्यक्ष शेर्पाले निजी लगानीमा निर्माण गरिएको फुटसलले जुम्लाको खेल क्षेत्रलाई विकासमा योगदान गरेको बताए ।
एन्फाका केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिंहका जुम्लामा कृषि, पर्यटनसँगै खेल क्षेत्रको लागि पनि पर्याप्त सम्भावना भएको ठाउँ भएकाले निजी तथा सरकारी लगानीमा ठूला पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले जुम्लाको खेल क्षेत्रलाई गति दिन आवश्यक लगानी गर्न नगरपालिका तयार रहेको बताए । फुटसलमा छ देखि १२ वर्ष उम्मेर समूहका हरेक बालबालिकालाई फुटबल खेलाउन सञ्चालकले शाहीले बताए ।