राजनीति

बिहीबार जसरीपनि सचिवालय बैठक बोलाउन सचिवालयका बहुमत सदस्यको ओलीलाई दबाब

२५ कात्तिक, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दहालले बिहीबार पार्टीको सचिवालय बैठक बोलाउन नेकपा अधयक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएक्ब छन् । पार्टी कार्यालय धुम्बारीको नेकपाका अध्यक्ष दहाल, बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामदेब गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीचको बैठकले प्रधानमन्त्रीलाई बैठक बोलाउन बाध्य पार्ने सहमती गरेको थियो ।
केहीदिन अगाडी बालुवाटार गएर अध्यक्ष ओलीलाई भेटेर बैठक बोलाउन आग्रह गर्दा उनले केहीदिनमा बैठक बोलाउँछु भनेपनि बैठक बोलाउने कुरामा आनाकानी गरेपछि सचिवालयले लिखित रुपमा नै बैठक बोलाउन दबाब दिएको थियो । उक्र दबाबपछि पनि बैठक बोलाउने कुरामा प्रधानमन्त्रीले चासो नदेखाएपछि आज प्रधानमन्त्रीर्ला भेटेर अध्यक्ष दहालले पुनः २७ गते बिहीबार बैठक बोलाउन दबाब दिएका छन् ।
अधयक्षद्वायबीचको भेटको बिस्तृत विवरण सचिवालयका बहुमत सदस्यमाझ अध्यक्ष दहालले राखेको र सकेसम्म अध्यक्ष ओलीकै सहमतीमा नै नेकपाको सचिवालय बैठक बिहीबार राख्ने तयारी भएको प्रवक्ता श्रेष्ठले बताएका छन् । राजनीतिकबृतमा नेकपा फुटको संघारमा गएको छलफल चलिरहेका बेला अध्यक्ष दहाल समूहले प्रधानमन्त्री ओलीले नमानेपनि सचिवालयका बहुमत सदस्यको बैठक डाकेर पार्टीका महत्वपूर्ण निर्णय गरिने अनुमान लगाइन थालेको छ । सचिवालय सदस्य एबम् गृहमन्त्री रामबहादुर थापा अध्यक्ष दहालले बोलाएको बैठकमा उपस्थित नभएपनि पछि सचिवालयले कुनै निर्णय गरेमा त्यसमा सहमती दिनेअनुमान नेकपाबृतमा छ । ९ जना रहेको सचिवालयमा अध्यक्ष ओलीलाई साथ दिने बिष्णु पौडेल र इश्वर पाख्रेलमात्र रहने अनुमान लगाईएको छ ।