आर्थिक

सिटी मनी र हङकङको वाइरिजबिच रेमिटान्स कारोबार सुरु

२५ कात्तिक, काठमाडाैँ । हङकङको ख्याति प्राप्त Wirease Remittance र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । हङकङमा रहेका नेपालीहरुले Wirease Remittance को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १० हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने , नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Wirease Remittance को तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरेका छन् ।

यही नोभेम्बर ३० तारिक सम्म Wirease Remittance बाट सिटी एक्सप्रेस मार्फत गरिने बैंकिङ्ग कारोबार निःशुल्क गरिएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।