गण्डकी प्रदेश

काँग्रेसको दूरवीन र ईमान्दार कार्यकर्ता हुन् सीमा

२५ कात्तिक, पर्वत । नेपाली काँग्रेसमा गाउँगाउँमा जवानी, पसिना र रगत बगाउँदै वषौँदेखि निस्वार्थपूर्वक काम गर्ने कार्यकर्ताहरुलाई काँग्रेस केन्द्रीय समितिले चिन्न नसकेको गुनासो हाल चर्चामा रहेको छ । मुलुकै पुरानो र ठुलो लोकतान्त्रिक पार्टी भनेर चिनिने नेपाली काँग्रेसको केन्द्रीय कार्यालयको दूरवीनले विभागहरु गठन गर्दा गाउँगाउँ र दूरदराजमा निष्ठाकासाथ काम गरीरहेका कार्यकर्ताहरुलाई उपेक्षा गरेको छ । र, पार्टी छोडेर अर्कै पार्टीबाट चुनाव लडेका पैसावाला र टाँठाबाठालाई पार्टीको विभागकोे सदस्यमा नियुक्त गरिएको छ ।
पर्वत जिल्ला स्थित जलजला गाउँपालिका निवासी सीमा गर्वुजा पुन पनि नेपाली काँग्रेस पार्टीमा वषौँदेखि राजनीति गरीरहेकी आदिवासीजनजाति तथा महिला नेत्री हुन् । उनका मामाघरका हजूरबुबा परशुराम चोचांगी २००७ सालमा प्रजातन्त्रका लागि लडेका नेपाली काँग्रेसका योद्धा हुन् । उनका बुबा लक्ष्मण पुनले पनि नेपाली काँग्रेसमै जवानी र जिन्दगी विताए । सीमा गर्वुजा पुन आफैले पनि नेविसंघ, नेपाल तरुणदल, नेपाल महिलासंघ, नेपाल राष्ट्रिय मंगर संघ हुँदै नेपाली काँग्रेस पार्टीमा साढे दुई दशक वढि समय विताई सकेकीछिन् । नेपालका ५६ जिल्लाहरुमा नेपाल राष्ट्रिय मंगर संघको संगठन विस्तारमा पुनको योगदान महत्वपूर्ण छ । नेपाली काँग्रेसको विधानुसार २८ वटा विभागको व्यवस्था छ । तर, हाल बढाएर ४७ वटा विभागहरु बनाईएको छ। जिल्लाबाट नाम सिफारिस हुँदा पनि सीमा गर्वुजा पुन कुनै पनि विभागमा अटाउँन सकिनन् । यसका मूल कारण होः उनले दलेबले काम गरेर पैसा कमाउँन सकिनन् नत चार सयबीस दिमाग प्रयोग गरेर नेताहरुलाई प्रभाव पार्न नै सकिन । निस्वार्थकासाथ संगठन निर्माण गर्ने र समाज सेवा गरेर पार्टीमा मूल्यांकन हुने संस्कारको अन्त हुनु नै हाल काँग्रेस धरासयी हुनु हो । सीमा पुनः त एउटा प्रतिनिधी पात्र मात्रै हुन । यस्ता धेरै पात्रहरुछन् जसले पार्टीको लागि निष्ठाकासाथ जवानी र जिन्दगी समाप्त गर्छन्, तिनीहरुलाई नै पार्टीबाट गलहत्याईन्छ । काँग्रेस पार्टी कार्यलय सानेपामा कार्यरत एक सचिव भन्छन्ः ˝काँग्रेस छोडेर अर्कै पार्टीबाट चुनाव लडेका पैसावाला र टाँठाबाठालाई पार्टीको विभागकोे सदस्यमा नियुक्त गरिएको छ ।˝
अतः लोकप्रिय काँग्रेस पार्टी निर्माण गर्न काँग्रेस नेतृत्वले कार्यकर्ताहरूको मूल्यांकन गर्दा पार्टीको विधान वमोजिम पारदर्शी र समावेशी तवरले मूल्यांकन गर्न सक्नुपर्दछ ।