सूचना प्रविधि

एनसेलको नयाँ एनसेल सेन्टर अब भैरहवामा

२५ कार्तिक, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै भैरहवामा सुविधा सम्पन्न एनसेल सेन्टर संचालनमा ल्याएको छ । कोरोना महामारीकाबेलामा सरकारद्वारा निर्धारितस्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड पालनागर्दै यो सेन्टर संचालन माल्याईएको हो ।
भैरहवाको मिलनचोक–५ स्थित कोइरालाकम्प्लेक्समा रहेको यस एनसेल सेन्टरले ग्राहकलाई एकै स्थानबाट सम्पुर्ण ग्राहक सेवा प्रदान गर्दछ । एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवातथा सुविधाहरुका  बारेमा सोधपुछ गर्न, सिमखरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायतविभिन्नकर्पोरेट सेवाहरु समेत लिन सक्छन् ।
यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिमफोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विजप्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिलतिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।
नयाँ सेन्टर संचालनको अवसरमा विभिन्न सेवाको लागि सेन्टर आएका ग्राहकले कार्तिक ३० गते सम्म विभिन्न भोलुमको डेटा प्याकउपहार स्वरुप प्राप्त गर्नेछन् । भैरहवा सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुमनिःशुल्क पाउने छन् । प्राप्त डेटा भोलुमबिहान ५ बजे देखि बेलुका ५ बजे सम्म ७ दिनसम्म मान्य रहनेछ । साथै सेन्टरबाट २०० को ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले पनि७दिनको समय सिमा रहेको १ जीबी डेटा भोलुमनिःशुल्क पाउनेछन् ।

त्यसैगरी रु ५०० र १००० को ब्यालेन्स रिचार्ज गर्नेे ग्राहकले ३० दिनका लागि मान्य हुने गरी क्रमशः १ जीबी र २ जीबी डेटा पाउनेछन् । सेन्टरबाट आफ्नो थ्रीजी सिमलाई फोर जीमा अपग्रेड गर्ने ग्राहकले पनि ७ दिनसम्म  मान्यहुने १ जीबी डेटा पाृउनेछन् ।
आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नेे प्रतिबद्घता अनुरुप, यस नयाँ सेन्टरले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । आइतबार देखि शनिबार हप्ताको सातै दिनबिहान ९ बजे देखि ५ः३० बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवाप्रदान गर्नेछ ।
आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।