विचार/ब्लग

देश र जनताका लागि केही गरेनन्, कसैसँग डराएनन् ओली

बाबुराम आचार्य / पछिल्लो समय नेकपाको बिबाद पुन उत्कर्शमा पुगेको छ । नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले आफूले राजीनामा दिए देश बर्बाद हुने कारण आफू राजीनामा नदिने, आफूले पार्टीका कुनैपनि निकायका बैठक नबोलाउने, बैठक कसैले गरेमा उक्त बैठकका ३४ सदस्यहरुको सहमतीका निर्णयहरुसमेत नमान्ने सार्बजनिक अभिब्यक्ती दिएपछि नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दहाललगायतका नेताहरु चिढिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष दहाललगायतका नेताहरुलाई बेवास्ता गर्दै मनोमानी गर्दै गएपछि शुक्रबार नेकपाको सचिवालय बैठक बसेको छ । उक्त बैठक कार्यकारी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । उक्त बैठकमा अधयक्ष दहाल, बरिष्ठ नेता झलनाथ खना, माधव नेपाल, बामदेब गौतम, नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको समाचारहरुले जनाएका छन् । अध्यक्ष दहाल समूहका अर्का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा उक्त बैठकमा उपस्थिति नरहेपनि उनको साथ समर्थन अध्यक्ष दहालकै पक्षमा रहेको बताईन्छ । सचिवालय सदस्य थापा अध्यक्ष दहालले बोलाएका सबै खुमलटार बैठकमा यस अघि सहभागी हुनुले उक्त पुष्टी गर्छ ।
बिश्वब्यापी कोरोना संक्रमणका कारण दुई लाख मानिस प्रभाबित हुन लागेको छ, झण्डै ११ सय नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाउनु परेको छ । दैनिक कोरोना संक्रमणको अवस्था भयाभय छ तर दुईतिहाईको नजिकमा सरकार संचालन गरिरहेको नेकपा भने झण्डै नौ महिनाअघिदेखी आन्तरिक कलहले ग्रस्त छ । प्रधानमन्त्री ओली कहिले बामदेव गौतमलाई आफ्नो समूहमा समर्थन गराउँदै बलियो हन्छन् त कहिले माधव नेपाललाई आफ्नो समूहमा समाहीत गराउँदै बलिया हुन्छन् त उनी कहिले पुष्पकमल दहाललाई नै आफूसंगै राखेर बलिया हुन्छन् । यस पटक भने प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष दहाललाई धम्की नै दिए, उनले भने तपाईहरुले जस्तो कदम चाल्नुहुन्छ, म त्यो भन्दा ठूलो कदम चाल्छु, मैले राजीनामा दिएँ भने देश बर्बादहुन्छ त्यासैले राजीनामा दिन्न, म बैठक बोलाउँदिन कसैले बोलाएको बैठक पनि म मान्नेवाला छैन जस्ता कडा अभिब्यक्तीसहित ।
उपप्रधानमन्त्रीसहितकोअफर गरेर फकाएका बामदेवलाई उक्त पदमा राख्न कानूनी अड्चनभएपछि शुक्रबारको अध्यक्ष दहालले डाकेको बैठकमा गौतम सहभागी भएका छन् । प्रधानमन्त्री ओलीको सधैं आलोचना गरिरहने बरिष्ठ नेता खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री ओलीलाई जसरी भएपनि पदबाट राजीनामा दिलाउन बाध्य बनाउने रणनीतिमा भएपनि उनीहरुको प्रयास अहिलेसम्म ओलीले तुहाईदिएका छन् ।
देशको संबिधानले संघीय गणतन्त्रात्मक नेपाल भनेको भएपनि प्रधानमन्त्रीको निर्देशनमा संघीय गणतन्त्रात्मक भन्ने शब्द हटाईएकोबिषय पनि प्रधानमन्त्री ओलीको नेकपाबृतमा मात्र नभएर सर्बसाधारणबृतमासमेत आलोचनाको केन्द्र बनेकोछ । काठडैकाण्डको सरकारको नामले चिनिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका स्वास्थ्य मन्त्री कोरोनाको परीक्षण शुल्क तोक्न मै ब्यस्त देखिन्छन् भने प्रधानमन्त्री ओली पार्टीभित्रको जोडघटाउन मिलाउनमै ब्यस्त देखिन्छन् । प्रधानमन्त्री भएका बेला रेल र पानीजहाजका ठूला कुरा गर्ने प्रधानमन्त्री ओली कोरोना संक्रमणका कारण मुलुक आक्रान्त बनेका बेला आफू शक्तीसाली हुने रणनीतिमामात्र देखिएका छन् ।
नेकपा मुलुकको सबैभन्दा शक्तीसाली भएको कुनै बिश्वले नै स्वीकारेको कुरा हो, नेपालको इतिहासमा अहिलेसम्मको शक्तीसाली सरकार कहिल्यै नभएको पनि नेपालको इतिहासले पुष्टी गरेको कुरा हो, नेकपाका प्रथम अध्यक्ष प्रधानमन्त्री भएको पनि नेपाली जनताले स्वीकारेका छन् तर नेपालका उच्च नेतृत्व गर्ने सबैभन्दा हावा नेता को हुन् ? भनेर हाजिरी जवाफमा प्रश्न सोधियो भने प्रधानमन्त्री केपी शर्मा ओली भन्दा ठीक हुने दिन पनि नआउला भन्न सकिन्न । निर्बाचित र शक्तीसालीको रुपमा दास्रोपटक केपी शर्मा ओलीले प्रधानमन्त्रीमा सपथ खाँदा नेपाली जनताले बिगतको मनमोहन अधिकारीको सरकाले जस्तै देश र जनताको काम गर्लानभन्ने चिया पसलमा गफ गर्न थालिसकेका थिए । उनीहरुको चिया पसलको गफ ठीक उल्टो हुंदै, देशलाई बर्बादीको दीशामा लाने कम्युनिष्टको कलँक ओली सरकारको दीशातर्फ गएको तर्क गर्न थालेका छन् । सर्बसाधारणहरु नेकपा नेतृत्वको केपी शर्मा ओली सरकार देश बर्बाद बनाउने दीशामा रहेको तर्कलाई बलियो बनाउन बुद्धीजिवी सर्कलले आवाज उठाउन थालेको छ । ओली सरकार चारैतिर घेराबनदीमा परेपछि लरबराएको छैन, हल्लिएको छैन, डराएको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भ्रष्टाचार बढेको भन्ने लगाएकोगम्भीर आरोपको नेकपा नेतृत्वकोओली सरकारले उत्तरदिएको छैन । सरकार केवल शक्ती बढाउन लागेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दहाललगायतका नेताहरुलाई पनि सरकारले गनेको छैन । बुद्धीजीवी, पत्रकार, ब्यापारीलाई सरकारले, सरकारका प्रधानमन्त्रीले वास्ता गरेका छैनन् । २४० बर्ष पुरानो राजसंस्था भन्दा बढी टिक्ने भन्ने लागेर हो वा किन हो ? नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएदेखी कोहीसँग डराएका छैनन् । उनी सधैं उक्त पदमा आशीन हुन्छु भन्ने लागेर हो वा किन हो, डग्मगाएका छैनन् । लोकतन्त्रको लागि धेरैदुःख गरेका प्रधानमन्त्री ओलीको जतिसमय पद लम्बिए पनि एकदिन निश्चय नै जान्छ भन्ने जान्छ भनेर नलागेर हो वा किन तर उनी कसैसँग पनि डराएका छैनन् । उनले देश र जनतानका लागि काम पनि केही गरेनन्, उनी सकैसँग डराएनन् पनि । उनीहरुको पार्टीको बिबाद नेकपाभित्रको हो तयो बाहिर छताछुल्ल भएर नआओस भन्नेमात्र एउटा सकारात्मक सोच भएको शुभचिन्तक जनताको हो तर देश र जनताका लागि सिन्कोपनि उनले भाँचेनन्, उनी कसैसँग पनि डराएनन् । उनी देश र जनताको काम गरेर कसैसँग नडराएका भए सबैको स्याबासी पाउँथे होला तर अहिले ने देश र जनताको काम गरे न, सकैसँग डराए त्यसैले प्रधानमन्त्री ओली अहिले केही धुपौरेबाहेक सबैको आलोचनाको केन्द्र बनेकोसामाजिक सञ्जालमा पढ्दा प्रमाणीत हुन्छ। उनले जनताको प्रतिनिधिको रुपमा जनताको मतलाई बुझ्दै देश र जनतासँग डराउन, शुभकामना छ ।